साउदी तेलखानीमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी « Khabarhub

साउदी तेलखानीमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना– यमनमा सक्रिय लडाकु समूह हुथीले साउदी अरबको तेलखानीमा ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । हुथी विद्रोहीसम्बद्ध अल मशिरा टेलिभिजनले साउदी अरबको पूर्वमा रहेको सयबाह तेलखानीलाई लक्षित गरी चालकरहित विमान ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको हो ।

अल मशिराले हुथी लडाकु सैन्य कमाण्डरलाई उद्धृत गर्दै सयबाह तेलखानीको तेल प्रशोधन केन्द्र तथा तेल भण्डारण कक्षलाई निशाना बनाइएको जनाएको छ । यद्यपि कुन मिति वा समयमा आक्रमण गरिएको भन्नेबारे केही खुलाइएको छैन ।

साउदी अरबले सयबाह तेल खानीमा गराइएको आक्रमणमा सामान्य क्षति भएर आगलागी भएको र यसलाई केही बेरमै निभाइएको जनाएको छ । साउदी अरबको राज्यसञ्चालित कम्पनी आराम्कोको प्रशासनमा रहेको सयबाह तेल खानी संयुक्त अरब इमिरेट्स यूएईसँगको सीमामा पर्छ । यो साउदी अरबको प्रमुख तेलखानीमध्येमा पर्छ ।

हुथी लडाकुले साउदी अरबको पूर्वाधारलाई लक्षित गरी बेलाबेला ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ७ : ५८ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब