साउदी तेलखानीमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी « Khabarhub

साउदी तेलखानीमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना– यमनमा सक्रिय लडाकु समूह हुथीले साउदी अरबको तेलखानीमा ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । हुथी विद्रोहीसम्बद्ध अल मशिरा टेलिभिजनले साउदी अरबको पूर्वमा रहेको सयबाह तेलखानीलाई लक्षित गरी चालकरहित विमान ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको हो ।

अल मशिराले हुथी लडाकु सैन्य कमाण्डरलाई उद्धृत गर्दै सयबाह तेलखानीको तेल प्रशोधन केन्द्र तथा तेल भण्डारण कक्षलाई निशाना बनाइएको जनाएको छ । यद्यपि कुन मिति वा समयमा आक्रमण गरिएको भन्नेबारे केही खुलाइएको छैन ।

साउदी अरबले सयबाह तेल खानीमा गराइएको आक्रमणमा सामान्य क्षति भएर आगलागी भएको र यसलाई केही बेरमै निभाइएको जनाएको छ । साउदी अरबको राज्यसञ्चालित कम्पनी आराम्कोको प्रशासनमा रहेको सयबाह तेल खानी संयुक्त अरब इमिरेट्स यूएईसँगको सीमामा पर्छ । यो साउदी अरबको प्रमुख तेलखानीमध्येमा पर्छ ।

हुथी लडाकुले साउदी अरबको पूर्वाधारलाई लक्षित गरी बेलाबेला ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ७ : ५८ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा