‘कश्मीर सम्बन्धी निर्णय भारतको आन्तरिक मामिला’ « Khabarhub

‘कश्मीर सम्बन्धी निर्णय भारतको आन्तरिक मामिला’


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जम्मू कश्मीर राज्यलाई पुनर्गठन गर्ने भारत सरकारको निर्णय भारतको आन्तरिक मामिला रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का अधिकांश सदस्य मुलुकहरुले जनाएका छन् ।

जम्मू कश्मीरलाई दिएको विशेष राज्यको मान्यता दिने संविधानको धारा ‘३७० तथा ३५ ए’ खारेज गरी राज्यलाई दुई केन्द्र शासित प्रदेशमा पुनर्गठन गर्ने भारत सरकारको निर्णय भारतको आन्तरिक मामिला रहेको सुरक्षा परिषद्का अधिकांश सदस्य राष्ट्रहरुले जनाएका हुन् ।

यस विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा डाकिएको बैठकमा भएको छलफलमा अधिकांश सदस्य राष्ट्रले यस्तो धारणा राखेसँगै चीन र पाकिस्तानले यसको विरोध जनाएका थिए । सुरक्षा परिषद्मा भएको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूत सैयद अकबरुद्दीनले धारा ३७० सम्बन्धी विषय आन्तरिक मुद्दा रहेको र यसमा बाहिरका देशको कुनै सम्बन्ध नरहेको बताए ।

भारतले हालै गरेको निर्णय जम्मू–कश्मीरको आर्थिक तथा सामाजिक विकासका लागि रहेको उनको अकबरुद्दीनको छ । पाकिस्तानले भारतीय कदमको विरोध गर्दै सुरक्षा परिषदलाई चिट्ठी लेखेपछि यो अनौपचारिक बैठक डाकिएको हो ।

चिनिया राजदूतले भने सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले यो समस्या शान्तिपूर्ण तरिकाबाट सुल्झाउनुपर्ने धारणा राखेका थिए । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का सदस्य नभएका कारण पाकिस्तान र भारत भने बैठकमा सामेल हुन पाएका थिएनन् ।

भारतले जम्मु–कश्मिरबारे आफूले चालेको कदम नितान्त आफ्नो देशको मामिला भएको र यसले कुनै पनि अन्तर्राष्ट्रिय कानून उल्लंघन नगर्ने तथा बोर्डरका सीमारेखा पार नगर्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ८ : ०६ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा