भारतीय प्रधानमन्त्री मोदीले आज ६९ औं जन्मदिन मनाउँदै « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले आज ६९ औं जन्मदिन मनाउँदै


३१ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (मंगलबार) ६९ औं जन्मदिन मनाउँदैछन् ।

जन्मदिनको कार्यक्रम मोदीले नर्मदा जिल्लामा मनाउने निर्णय गरेका छन् । त्यसका लागि उनी सोमबार राति नै गुजरात पुगिसेका छन् ।

जन्मदिनको दिन उनले बिहानै आफ्नी आमा हीराबेनलाई भेटेर आर्शिवाद लिएका छन् । त्यसपछि उनले नर्मदा नदीको सरदार सरोवर बाँधमा आयोजित विशेष पूजामा सहभागी हुनेछन् ।

यो बाँधको प्रधानमन्त्री मोदीले २०१७ को १७ सेप्टेम्बर अर्थात २ वर्षअघिको जन्मदिनका अवसरमा उद्घाटन गरेका थिए ।

प्रधानमन्त्री जन्मदिन मनाउन सरदार सरोवर बाँध आउने भएपछि बेलुकैदेखि बाधँमा विजुली बालेर झिलिमिलि पारिएको थियो ।

मोदीको जन्मदिनको शुभकामना दिँदै गुजरातका मुख्यमन्त्री विजय रुपाणीले ट्वीट गर्दै उनलाई जन्मदिनको शुभकामनासहित भनेका छन्, ‘हाम्रा प्रिय प्रधानमनत्री नरेन्द्र मोदीजीको जन्मदिन केवाडियामा मनाउँनेछौं । उहाँको जन्मदिनको अवसरमा नमामि देवी नर्मदा महोत्सव हुनेछ ।’

त्यसपछि उनले केवाडियामा आयोजित एक सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७६, मंगलबार  ९ : ४३ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’