संविधान दिवसको अवसरमा सरकारी अस्पतालको ओपीडी टिकट नि:शुल्क « Khabarhub

संविधान दिवसको अवसरमा सरकारी अस्पतालको ओपीडी टिकट नि:शुल्क


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान दिवसको अवसरमा सरकारी अस्पतालको बहिरंग (ओपीडी) सेवाको टिकट नि:शुल्क हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संविधान दिवसको पूर्वसंध्यामा असोज २ गतेको ओपीडी सेवाको टिकट निशुल्क गर्न मातहतका निकायमा सर्कुलर जारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयले आफू मातहतमा सञ्चालित अर्थात संघीय (केन्द्र) सरकार मातहत सञ्चालित सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी सेवाको टिकट नि:शुल्क गर्ने भएको हो ।

संघीय संरचना अनुसार संघ मातहतमा २० वटा अस्पतालहरु रहेका छन् ।

यी अस्पतालमा असोज २ गते नि:शुल्क रुफमा ओपीडीको टिकट पाइनेछ,

– वीर अस्पताल, काठमाडौं

– कान्ति बाल अस्पताल, काठमाडौं

– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं

– मानसिक अस्पताल, ललितपुर

– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, काठमाडौं

– आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाडौं

– पशुपति होमियोप्याथी चिकित्सालय तथा यूनानी औषधालय, ललितपुर

–  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर

– राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं

–  कोशी अस्पताल, बिराटनगर

– नारायणी अस्पताल, पर्सा

– भरतपुर अस्पताल, चितवन

– भेरी अस्पताल, बाँके

– डडेलधुरा अस्पताल, डडेल्धुरा

–  शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौं

–  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवन

– जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ

– सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके

– नेपाल आँखा अस्पताल, काठमाडौं

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १२ : ४५ बजे

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका

असार नसकिँदै रित्तियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो ।