जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण « Khabarhub

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका स्वास्थ्य संस्थामा सुत्केरी भएका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण गरेको छ । 

पालिकाको लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट ‘उपाध्यक्षको सुत्केरी पोषण’ कार्यक्रमअन्तर्गत उक्त वस्तु उपलब्ध गराइएको हो । 

स्वास्थ्य संस्थामा नगई घरमा नै सुत्केरी गराउने परम्परालाई अन्त्य गर्ने  र  आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ मार्फत संस्थागत सुत्केरी भएका नौ वटा वडाका १४९ जनालाई घ्यू र अण्डा वितरण गरिएको उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । 

‘विसं २०८२ साउनदेखि असार मसान्त तेस्रो हप्तासम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्यारेट अण्डा र एक माना घ्यू वितरण गरिएको हो’, उनले भने, ‘पालिकाकै किसानले उत्पादन गरेको अण्डा र घ्यू खरिद गरेर वितरण गरेका हौ ।’

सुत्केरी तथा बच्चा दुई वर्षको हुँदासम्मको अवस्थामा पौष्टिक आहारको व्यवस्थापन गर्नुपर्ने सन्देश प्रवाह गराउने र संस्थागत सुत्केरी सेवामा पहुँच बढाउने कार्यक्रमको लक्ष्य रहेको छ । 

महिला तथा बालबालिका शाखाका प्रमुख विन्दु शर्माले घ्यू र अण्डा वितरणका क्रममा स्वास्थ्यकर्मीबाट पोषण र पौष्टिक आहार तयार पार्ने विषयमा परामर्श दिने गरिएको बताइन् । 

  पालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले २०८१ साउनदेखि निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउँदै आएको बताउनुभयो । उपाध्यक्ष दीपक आचार्यले महिलालाई स्वास्थ्यप्रति सजग बनाउँदै आमा र बच्चालाई स्वस्थ्य राख्नका लागि ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ लागु गरिएको बताए ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ३ : ४५ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ