आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री « Khabarhub

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले विद्युत उत्पादनमा मात्र केन्द्रित नभई त्यसको माग वृद्धि र प्रभावकारी उपयोगमा पनि योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि आन्तरिक विद्युत खपत बढाउने उद्देश्यले आवश्यक नीतिगत सुधारका योजना तयार गर्न नियामक निकायलाई निर्देशन दिइएको उनले जानकारी दिए।

उनले विद्युत उत्पादनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय प्रसारण प्रणाली (ग्रीड) मा थपिँदै गएको नयाँ उत्पादन क्षमतालाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्दै प्रभावकारी रूपमा खपत गर्ने विषयमा मन्त्रालय गम्भीर रहेको बताए।

मन्त्री श्रेष्ठले विद्युत आपूर्तिमा देखिने अवरोध तथा पटक–पटक बत्ती जाने समस्यालाई अन्त्य गर्न भरपर्दो र मजबुत विद्युत प्रणाली विकास गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि उल्लेख गरे।

विद्युत निर्यातको सम्भावनाबारे बोल्दै उनले नेपालले भारत र बङ्गलादेशमा मात्र सीमित नरही भविष्यमा म्यानमार र थाइल्यान्डजस्ता पूर्वी एसियाली बजारसम्म पनि नेपाली विद्युत निर्यात गर्ने दीर्घकालीन योजना अघि बढाएको बताए।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ४ : ०३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय