सागको अन्यौलता चिर्ने कार्यविधि– प्रधानमन्त्रीदेखि खेलाडीसम्मको भूमिका किटान « Khabarhub

सागको अन्यौलता चिर्ने कार्यविधि– प्रधानमन्त्रीदेखि खेलाडीसम्मको भूमिका किटान



काठमाडौं– तेस्रो पटक नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि आवश्यक पर्ने ‘कार्यविधि’ मन्त्रिपरिषद्‍ले पारित गरिसकेको छ ।

भदौ २६ गते बसेको मन्त्रिपरिषद्‍ बैठकले ‘१३ औं दक्षिण एसियाली खेलकुद–२०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि’ पारित गरेको हो ।

सागको परिकल्पनाकार राष्ट्र रहेको नेपाल १३ औं संस्करणको आयोजना गर्न गइरहँदा यसको आयोजनाका लागि सवा ५ अर्ब रुपैयाँ आवश्यक पर्ने युवा तथा खेलकुद मन्त्रालयले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

सागका लागि ‘अति नै महत्वपूर्ण’ मानिएको कार्यविधि मन्त्रिपरिषद्‍बाट पारित भएसँगै अब यसको पूर्ण कार्यन्वयनमा लाग्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले बताए ।

‘कार्यविधि बनेर आएको छ । अब हामी यसको पूर्ण कार्यन्वयन गछौं,’ सदस्य सचिव सिलवालले भने, ‘कार्यविधि भनेको गाइडलाइन हो । खर्च कसरी गर्ने ? खेलाडीलाई भत्ता कसरी उपलब्ध गराउने ? प्रशिक्षकलाई कति भत्ता दिने ? जस्ता कुराहरु छन् । त्यसलाई हामी मिलाउँछौं ।’

कार्यविधिले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति, युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा साग आयोजना समिति तथा राखेप सदस्य सचिवको अध्यक्षतामा कार्यकारी समिति बन्ने प्रावधान सहित समितिका काम कर्तव्य र अधिकारको व्यवस्था गरेको छ ।

कार्यविधिमा रहेका प्रावधानहरु सक्दो सबै कान्यन्वयन गदै अगाडी बढ्ने राखेप सदस्य सचिव सिलवालको भनाइ छ ।

लामो समयदेखि मन्त्रिपरिषद्‍मा ‘अड्किएको’ कार्यविधि सार्वजनिक भइसकेपछि अब यसमा ढिलाई भयो भन्ने कुराको अर्थ नरहेको सदस्य सचिव सिलवाल बताउँछन् । अबको चिन्ता मात्रै त्यसको प्रभावकारी कार्यान्वयन भएको सिलवालको भनाइ छ ।

कार्यविधिले सागका लागि आवश्यक पर्ने बजेटलाई भने निश्चित गरेको छैन । तर, कुन क्षेत्रमा कति खर्च लाग्छ ? कसरी खर्च गर्ने भन्ने विषय भने समावेश भएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता अण प्रसाद न्यौपानेले जानकारी दिए ।

साग काठमाडौं र पोखरामा संयुक्त रुपमा आयोजना हुने भएकाले पोखराका लागि छुट्टै स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति समेत बन्ने कार्यविधिले परिकल्पना गरेको छ । साग मंसिर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुने गरि मिति तोकिएको छ ।

कार्यविधिमा उल्लेख भएका मुख्य–मुख्य प्रावधानहरु;

– साग आयोजनाको उद्देश्य, प्रतियोगितामा सहभागी राष्ट्र र खेल, खेल स्थलको व्यवस्थापन र आयोजना सञ्चालनसँग सम्बन्धित प्रक्रिया ।

– प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति ।

– खेलकुद मन्त्रीको अध्यक्षतामा आयोजक समिति ।

– सदस्य सचिवको अध्यक्षतामा कार्यकारी समिति ।

– सबै समितिहरुका काम, कर्तव्य र अधिकारहरुको किटान ।

– १५ वटा अन्य समिति तथा तिनका, काम कर्तव्य र अधिकारको किटान

– ५ सदस्यीय स्यानीय व्यवस्थापन तथा सहजीकरण समितिको परिकल्पना (पोखराका लागि) ।

– नेपालको राष्ट्रिय टोली छनोट, पोशाक र वित्तीय व्यवस्थापनको विषय ।

– बजेट प्राप्त हुने निकाय तथा व्यवस्थापनको पक्ष

– खेलाडीको सुविधा, आवश्यक खेल तथा भौतिक सामग्रीको व्यवस्थापन, स्वास्थ्य उपचार र बिमाको व्यवस्था ।

– विवाद समाधान (विवाद भइहाल्यो भने) गर्ने कुराहरु ।

– साग आयोजनामा खेलकुद संघ तथा पदाधिकारी र खेलाडीहरुको भूमिकाबारे चर्चा ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  २ : १० बजे

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत