अलपत्र छाडिएका गाईबाच्छाको उद्धार गर्दै प्रहरी « Khabarhub

अलपत्र छाडिएका गाईबाच्छाको उद्धार गर्दै प्रहरी


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट–पशुचौपाय किनबेचका नाममा हुने अवैध गतिविधि नियन्त्रण गर्न नुवाकोटका स्थानीयबासी जुटेका छन् ।

गत भदौ २१ गते शनिबार नुवाकोटकै विदूरमा घाइते अवस्थाको गाई जिउँदै पुरिएको घटना सार्वजनिक भएपछि स्थानीय पशुचौपायको किनबेचमा हुने चलखेल नियन्त्रण गर्न एकजुट भएका छन् ।

गाईबाच्छा किनबेच तथा ओसारप्रसारका काम गर्दा कानूनी प्रक्रिया पूरा नगरेको, निर्घाट कुटपिट गरी बाटैमा छाड्ने गरेको, जिउँदै पुर्नेलगायतका घटना बढेको भन्दै स्थानीयबासीले स्थानीय प्रशासनको सहयोगमा यस्ता घटना नियन्त्रण गर्ने अभियान चलाएका हुन् ।

स्थानीयबासीको गुनासोपछि उनीहरुकै सहयोगमा प्रहरीले पनि पशुचौपाय व्यवस्थापनका लागि सहयोग गर्ने भएको छ ।

नुवाकोट प्रहरीले स्थानीयको सहयोगमा कानूनी प्रक्रिया पूरा गरेर मात्र किनबेच गर्नुपर्ने, किनबेच भएका गाईबस्तुलाई उचित रुपमा गन्तव्यसम्म पुर्‍याउनुपर्ने, बाटोमा जथाभावी छाड्न नमिल्ने, निर्घात कुटपिट गरी घाइते बनाएर बेवारिसे पार्न नमिल्ने भन्दै सचेत गराउँदै आएका छन् भने यस्तो काम गर्नेलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

नुवाकोटको बट्टारका स्थानीयबासीको सहयोगमा गस्ती गर्दा जिल्ला भित्रै कुनै गाँउमा लैजाने भन्दै अन्यत्र जिल्लामा लैजाने गरेको पाइएपछि थप निगरानी बढाएको प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए । उनले भने, ‘गाईगोरुको किनबेच गर्दा कानूनी प्रक्रिया पूरा नगरेको र कुटपिटबाट मरेको तथा घाइते अबस्थाका गाईहरु पनि भेटिएकाले संलग्नलाई मुद्दा दर्ता र जोखिममा रहेका गाईगोरुको उद्धार गरेका छौं ।’

बाहिर लैजाने पशु पनि स्वास्थ्य परीक्षण नगराइएको र अधिकांश पशु चौपाय रसुवातर्फ लैजाने गरेको पाइएको पनि थापाले बताए ।

यसरी अवैध रुपमा पशु चौपायको किनबेच गर्ने कार्यक्रममा सम्लग्न नुवाकोट किस्पाङ गाउँपालिका–३ का राज तामाङ र आइत तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नीहरुलाई ‘पशुपन्छी सम्बन्धि कसुर’ गरेको अभियोगमा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा किसानहरु व्यवसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित भएसगैँ राष्ट्रिय जनावर र हिन्दु धर्मालम्वीले गौमाताको रुपमा पुज्ने गरेको गाईको पालनपोषण एंव संरक्षणमा चुनौती देखिएको छ ।

स्थानीय जातका गाईले दूध कम दिने भएकाले त्यसको सट्टामा पालनको लागी किसानको रोजाईमा उन्नत जातका गाई पर्ने गरेका छन् ।

दूध कमदिने स्थानीय जातका गाई र त्यसको सट्टामा पालिएका उन्नत जातका गाईले जन्माएका बाच्छाले हलो जोत्न नसक्ने हुदाँ ती गाईबाच्छालाई किसानले पन्छाउन अबैध रुपमा संकलन गर्ने तस्करीको हातमा पुग्ने गरेको पाइएको छ ।

अबैध रुपमा हुने गाईगोरुको ओसार–पसार रोक्न त्यसमा संलग्न तस्करीलाई मात्र होइन गाईगोरु पाल्न छाडेर अबैध रुपमा बिक्री तथा निःशुल्क दिने किसानलाई पनि सचेत तथा कारबाहीको दायारमा ल्याउनुपर्ने देखिन्छ ।

रामहरि न्यौपाने/नुवाकोट

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १ : ५० बजे

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौं- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई

तिलिचो ताल पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल निर्माण

मुस्ताङ-  तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ