इटहरीस्थित नेकपा प्रदेश कार्यालयमा कार्यकर्ताले लगाए ताला « Khabarhub

इटहरीस्थित नेकपा प्रदेश कार्यालयमा कार्यकर्ताले लगाए ताला


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरीस्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कार्यालयमा नेकपाकै स्थानीय नेताले तालाबन्दी गरेका छन् ।

नगर कमिटी गठनमा विवाद भएपछि असन्तुष्ट समूहले मंगलबार इटहरीस्थित प्रदेश कार्यालय तालाबन्दी गरेका हुन् ।

नगर कमिटी गठनको विषयलाई लिएर लामो समयदेखि इटहरीमा विवाद उत्पन्न हुँदै आएको थियो । विवादकै बीच झण्डै तीन साताअघि पनि सोही समूहले इटहरी नगर पार्टी कार्यालयमा पनि तालाबन्दी गरेको थियो।

विवाद समाधान गर्न पटक–पटक छलफल गनै बैठक बसेपछि सहमति जुट्न सकेको थिएन । तालबन्दी गर्ने समूहले पार्टीको विधान मिचेर नगर कमिटी बनाइएको आरोप लगाएको छ । गठन गरिएको नगर कमिटी पुनर्गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

लामो समय खोटाङमा राजनीति गरेर केही वर्षअघि इटहरी आएका काशीनाथ दंगाललाई नगर कमिटी सचिव बनाएको भन्दै नेकपाको एउटा समूह असन्तुष्ट बनेको छ । दंगाललाई नेकपा नेता भीम आचार्यको निर्देशनमा नगर सचिवको आरोप उक्त समूहको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : १३ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर