हेलिकोप्टर 'आकस्मिक' होइन 'सुरक्षित' अवतरणः आयोन | Khabarhub Khabarhub

हेलिकोप्टर ‘आकस्मिक’ होइन ‘सुरक्षित’ अवतरणः आयोन


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) ले लुक्लाबाट काठमाडौं आउने क्रममा मंगलबार बिहान काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा अवतरण गरिएको हेलिकोप्टर ‘आकस्मिक’ नभई ‘सुरक्षित’ भएको बताएको छ ।

लुक्लाबाट काठमाडौं आउने क्रममा मौसम प्रतिकूल भएपछि चारवटा हेलिकोप्टर काभ्रेको पाँचखालमा र तीन वटा हेलिकोप्टर सिन्धुलीको नेपालथोकमा सुरक्षित अवतरण गरिएको आयोनको जनाएको छ ।

उडान तथा अवतरण सम्बन्धित सुरक्षित सञ्चालनकै प्रक्रिया अनुसार यसरी अवतरण भएको आयोनका प्रवक्ता योगराज कँडेल (शर्मा)ले बताए ।

उनले भने, ‘आज भएका हेलिकप्टरको उडान तथा अवतरण आकस्मिक नभई सुरक्षित उडान तथा अवतरण भएको र यसलाई हेलिकप्टरको प्रक्रियागत सामान्य उडान तथा अवतरणका रुपमा लिइदिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु।’

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ८ : ०७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड