हेलिकोप्टर ‘आकस्मिक’ होइन ‘सुरक्षित’ अवतरणः आयोन « Khabarhub

हेलिकोप्टर ‘आकस्मिक’ होइन ‘सुरक्षित’ अवतरणः आयोन


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) ले लुक्लाबाट काठमाडौं आउने क्रममा मंगलबार बिहान काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा अवतरण गरिएको हेलिकोप्टर ‘आकस्मिक’ नभई ‘सुरक्षित’ भएको बताएको छ ।

लुक्लाबाट काठमाडौं आउने क्रममा मौसम प्रतिकूल भएपछि चारवटा हेलिकोप्टर काभ्रेको पाँचखालमा र तीन वटा हेलिकोप्टर सिन्धुलीको नेपालथोकमा सुरक्षित अवतरण गरिएको आयोनको जनाएको छ ।

उडान तथा अवतरण सम्बन्धित सुरक्षित सञ्चालनकै प्रक्रिया अनुसार यसरी अवतरण भएको आयोनका प्रवक्ता योगराज कँडेल (शर्मा)ले बताए ।

उनले भने, ‘आज भएका हेलिकप्टरको उडान तथा अवतरण आकस्मिक नभई सुरक्षित उडान तथा अवतरण भएको र यसलाई हेलिकप्टरको प्रक्रियागत सामान्य उडान तथा अवतरणका रुपमा लिइदिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु।’

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ८ : ०७ बजे

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल