सरकार जनहीत विपरित जान सक्दैनः उपप्रधानमन्त्री पोखरेल | Khabarhub Khabarhub

सरकार जनहीत विपरित जान सक्दैनः उपप्रधानमन्त्री पोखरेल


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको हित विपरीत जान नसक्ने बताएका छन्।

काठमाडौँ चेम्बर अफ कमर्सले एक महिनादेखि आयोजना गरेको रक्तदान कार्यक्रमको समापन कार्यक्रममा उनले जनताको मतबाट गठन भएको सरकार जनताको हित विपरीत जान नसक्ने बताए ।

उपप्रधानमन्त्री पोखरेलले सरकार अधिनायकवादी नभएको स्पष्ट पारे ।  “आवधिक निर्वाचन, कानूनी शासन र जनतावाट अनुमोदित भएको सरकार अधिनायकवादी हुन सक्दैन”, उनले भने ।

उनले वर्तमान सरकार उद्योगी र व्यवसायीकोे समस्या समाधानमा गम्भीर रहेको उल्लेख गरे । चेम्बर अफ कमर्सले भोगेका समस्याको समाधान गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री पोखरेलले हिजोका दिन लोकतन्त्रका लागि लडे पनि अहिले लोकतन्त्रभित्र बसेर यसभित्र रहेका गल्ती कमी कमजोरीलाई सच्याउन सरकार लागिपरेको बताए ।  सरकार नीतिनियम र ऐनकानून निर्माणमा लागिरहेको उनको भनाइ थियो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामाजिक क्षेत्रमा चेम्बर अफ कमर्सले गरेको कामको प्रशंसा गरे । चेम्बरलाई परेको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर भएको बताए ।

चेम्बर अफ कमर्स काठमाडौँका अध्यक्ष कृष्णमान श्रेष्ठले व्यवसायको सिलसिलामा उद्योगी–व्यवसायीले प्यान, राजश्व लगायतका विषयमा समस्या भोग्नुपरेको बताए । कार्यक्रममा एकमहिने रक्तदान कार्यक्रममा सबैभन्दा धेरै रगत सङ्कलन गर्ने शाखालाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १० : ३० बजे

नासाको ‘सुपरसोनिक एक्स- ५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

काठमाडौं– अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री यादव 

पर्सा– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको

बागलुङमा गर्भपतन गराउने बढे

गलकोट– बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला

नवलपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले निर्वाचनको बेला आफूले