गैर नेपालीलाई नागरिकता दिएको आरोपमा पक्राउ पूर्जी « Khabarhub

गैर नेपालीलाई नागरिकता दिएको आरोपमा पक्राउ पूर्जी


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरङ्गा– जिल्ला प्रहरी कार्यालय झापाले किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा संलग्न भएको आरोपमा मंगलबार पाँच जनाको नाम सार्वजनिक गरेको छ।

गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेको आरोपमा बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष सनिलाल राजवंशीसमेतलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी काटेको हो ।

जनप्रतिनिधिसहित कर्मचारीको मिलेमतोमा १६ जना गैर नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले यसअघि पाँच जनालाई पक्राउ गरेको छ । गैर नेपालीलाई नेपाली नागरिकता दिने कार्यमा ४६ जना संलग्न रहेको बताइए पनि प्रहरीले दुई वडाध्यक्षसहित ११ जनालाई गत भदौ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले जनप्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला, प्रशासकीय अधिकृत चूडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, बिर्तामोड–८ का तत्कालीन सचिव लोकराज बराल, भद्रपुर–९का वडा सचिव अरुणा भट्टराई, तत्कालीन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपानेलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

यसलगत्तै प्रहरीले घटनामा संलग्न कर्मचारीद्वय तेजिन्द्र न्यौपाने र लोकराज बराललाई पक्राउ गरिसकेको छ ।

घटनामा संलग्न रहेको भन्दै बिर्तामोड नगरपालिका–५ का टेकबहादुर गुरुङ, भद्रपुर–१० का प्रेम तिम्सिना र भीमबहादुर लिम्बूसमेतलाई प्रहरीले यसअघि नै पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–८ का अध्यक्ष कार्की राप्रपाबाट निर्वाचित भएका हुन् भने भद्रपुर–९ का अध्यक्ष नेकपाका कार्यकर्ता हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : १६ बजे

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल