नेतालाई जेल हालेपछि बार्सिलोनामा प्रदर्शन | Khabarhub Khabarhub

नेतालाई जेल हालेपछि बार्सिलोनामा प्रदर्शन


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनले क्याटलान पृथक्तावादी नेताहरूलाई जेल हालेपछि स्वतन्त्र क्याटलोनियाको पक्षमा हजारौँ मानिसहरूले बार्सिलोनामा प्रदर्शन गरेका छन्।

दोस्रो दिनको विरोधप्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको छ । प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगो बाले तथा सरकारी कार्यालयहरूमा पस्ने प्रयास गरे।

सोमवार नौ पृथक्तावादी नेताहरूलाई जेल हालिएको थियो। त्यसपछि त्यहाँ आन्दोलन चर्किएको छ।

क्याटलोनियाको क्षेत्रीय सरकारका प्रवक्ताले सरकारको ती प्रदर्शनकारीप्रति सहानुभूति भएको र उनीहरूको आक्रोश बुझेको बताएका छन्।

स्पेनका अधिकारीहरूले अशान्ति मच्चाउने कामको संयोजन कसले गरिरहेको छ त्यसको अनुसन्धान भइरहेको बताएको छ।

प्रदर्शनकारीहरूले एउटा मोबाइबल एप प्रयोग गरिरहेको बताइएको छ। त्यो एपले उनीहरूलाई विभिन्न सहरमा आन्दोलन गर्ने ठाउँको दिशानिर्देश गर्छ।

बार्सिलोनामा सरकारी भवनहरूमा बलपूर्वक छिर्न खोज्ने आन्दोलनकारीहरूलाई तितरबितर पार्न दङ्गा प्रहरीले अश्रुग्यास प्रहार तथा बल प्रयोग गरेको थियो।

त्यहाँ तीन जनालाई पक्राउ गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार नौ जनालाई औषधोपचार गर्नु‍परेको थियो।

गिरोना र टार्रागोना सहरमा पनि प्रदर्शनहरू भएका थिए। क्याटलान क्षेत्रीय सरकारमा आफ्नो स्वतन्त्रता पक्षधरको नियन्त्रण छ। उनीहरूले स्पेनबाट छुट्टिनका लागि नयाँ जनमतसङ्ग्रहका लागि दबाव दिइराख्ने बताएका छन्।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : ५२ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई