नेतालाई जेल हालेपछि बार्सिलोनामा प्रदर्शन « Khabarhub

नेतालाई जेल हालेपछि बार्सिलोनामा प्रदर्शन


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनले क्याटलान पृथक्तावादी नेताहरूलाई जेल हालेपछि स्वतन्त्र क्याटलोनियाको पक्षमा हजारौँ मानिसहरूले बार्सिलोनामा प्रदर्शन गरेका छन्।

दोस्रो दिनको विरोधप्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको छ । प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगो बाले तथा सरकारी कार्यालयहरूमा पस्ने प्रयास गरे।

सोमवार नौ पृथक्तावादी नेताहरूलाई जेल हालिएको थियो। त्यसपछि त्यहाँ आन्दोलन चर्किएको छ।

क्याटलोनियाको क्षेत्रीय सरकारका प्रवक्ताले सरकारको ती प्रदर्शनकारीप्रति सहानुभूति भएको र उनीहरूको आक्रोश बुझेको बताएका छन्।

स्पेनका अधिकारीहरूले अशान्ति मच्चाउने कामको संयोजन कसले गरिरहेको छ त्यसको अनुसन्धान भइरहेको बताएको छ।

प्रदर्शनकारीहरूले एउटा मोबाइबल एप प्रयोग गरिरहेको बताइएको छ। त्यो एपले उनीहरूलाई विभिन्न सहरमा आन्दोलन गर्ने ठाउँको दिशानिर्देश गर्छ।

बार्सिलोनामा सरकारी भवनहरूमा बलपूर्वक छिर्न खोज्ने आन्दोलनकारीहरूलाई तितरबितर पार्न दङ्गा प्रहरीले अश्रुग्यास प्रहार तथा बल प्रयोग गरेको थियो।

त्यहाँ तीन जनालाई पक्राउ गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार नौ जनालाई औषधोपचार गर्नु‍परेको थियो।

गिरोना र टार्रागोना सहरमा पनि प्रदर्शनहरू भएका थिए। क्याटलान क्षेत्रीय सरकारमा आफ्नो स्वतन्त्रता पक्षधरको नियन्त्रण छ। उनीहरूले स्पेनबाट छुट्टिनका लागि नयाँ जनमतसङ्ग्रहका लागि दबाव दिइराख्ने बताएका छन्।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : ५२ बजे

साउथ सुपरस्टार रामचरण बने जुम्ल्याहा सन्तानका पिता

काठमाडौँ– दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रामचरण र उनकी पत्नी

पोखराको पर्यटनमा नयाँ आयाम थपिरहेको पुम्दिकोट (तस्बिरहरू)

काठमाडौं– पोखरा उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै यो ठाउँ

इन्डोनेसियाली ‘पेट्रोल गडफादर’ विरुद्ध रेड नोटिस

जकार्ता– इन्टरपोलले २८ करोड ५० लाख अमेरिकी डलर बराबरको ठूलो

जापानको गहिरो समुद्रमा दुर्लभ पृथ्वी तत्त्वको खोज

टोकियो– जापानले गहिरो समुद्री परीक्षण मिसनका क्रममा समुद्रको करिब छ

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

ढोरपाटन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति