एनआरएनए चुनावको मतदान सम्पन्न, आजै मतपरिणाम आउने « Khabarhub

एनआरएनए चुनावको मतदान सम्पन्न, आजै मतपरिणाम आउने


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । मतदानमा २३ सय ४४ मत खसेको निवार्चन समितिले जनाएको छ ।

केहि समय पछि मतगणना हुने र आजै मत परिणाम सार्वजनिक हुने निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।

बुधवार नै सकिने निर्वाचन प्राविधिक कारणले स्थगित भएको थियो । मतदानमा सबै भन्दा बढी मत युरोपबाट ९ संस २० खसेको छ । अमेरिकाबाट जम्मा २६१ मत खसेको जनाईएको छ ।

मतदानमा करिब ९२ प्रतिशत अर्थात् २३४४ ले मतदान गरेका छन् । जसमध्ये युरोपबाट ९२०, अफ्रिकाबाट १६, मिडलइष्टबाट ४७०, एशिया प्यासेफिकबाट ४६२, अमेरिकाबाट २६१, ओसिनियाबाट २१५ गरी २३४४ मत खसेको हो । कूल मतदाता २५७० जना रहेका थिए ।

४२ पद मध्ये १४ विभिन्न पद निर्विरोध भएका छन् । नयाँ नेतृत्वका लागी कुल आचार्य र कुमार पन्त को प्रतिस्पर्धा छन्
। यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । शुक्रबार समापन समारोह हुने जनाइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ७ : १० बजे

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।