एनआरएनए चुनावको मतदान सम्पन्न, आजै मतपरिणाम आउने « Khabarhub

एनआरएनए चुनावको मतदान सम्पन्न, आजै मतपरिणाम आउने


३० आश्विन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । मतदानमा २३ सय ४४ मत खसेको निवार्चन समितिले जनाएको छ ।

केहि समय पछि मतगणना हुने र आजै मत परिणाम सार्वजनिक हुने निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।

बुधवार नै सकिने निर्वाचन प्राविधिक कारणले स्थगित भएको थियो । मतदानमा सबै भन्दा बढी मत युरोपबाट ९ संस २० खसेको छ । अमेरिकाबाट जम्मा २६१ मत खसेको जनाईएको छ ।

मतदानमा करिब ९२ प्रतिशत अर्थात् २३४४ ले मतदान गरेका छन् । जसमध्ये युरोपबाट ९२०, अफ्रिकाबाट १६, मिडलइष्टबाट ४७०, एशिया प्यासेफिकबाट ४६२, अमेरिकाबाट २६१, ओसिनियाबाट २१५ गरी २३४४ मत खसेको हो । कूल मतदाता २५७० जना रहेका थिए ।

४२ पद मध्ये १४ विभिन्न पद निर्विरोध भएका छन् । नयाँ नेतृत्वका लागी कुल आचार्य र कुमार पन्त को प्रतिस्पर्धा छन्
। यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । शुक्रबार समापन समारोह हुने जनाइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  ७ : १० बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब