सर्बियाका प्रधानमन्त्री र सभामुखसँग अध्यक्ष तिमिल्सिनाको शिष्टचार भेट | Khabarhub Khabarhub

सर्बियाका प्रधानमन्त्री र सभामुखसँग अध्यक्ष तिमिल्सिनाको शिष्टचार भेट


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्बियाका प्रधानमन्त्री अना ब्रनाविच र राष्ट्रिय सभाका सभामुख माजा गोज्कोभिचसँग शिष्टचार भेटवार्ता गरेका छन् ।

अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१ ‍औं सम्मेलनमा भाग लिन ‍सर्बिया गएका अध्यक्ष तिमिल्सिनाले नेपालको नौ सदस्यीय प्रतिनिधिमण्डलसहित सर्वियाका प्रधानमन्त्री र सभामुखसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा सर्बियाका प्रधानमन्त्री ब्रनाविचले आईपीयू सम्मेलनका क्रममा नेपालबाट भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्धलाई थप बलियो भएको विश्वास व्यक्त गरे ।

उनले दुरीको हिसाबले टाढा भएपनि नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षदेखि नै सुमधुर सम्बन्ध रहेको स्मरण गरे ।
कुटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगेको अवसरमा नेपालका परराष्ट्र मन्त्रीले सर्बिया भ्रमण गर्न लागेकोले थप नयाँ काम र आवश्यक अन्य क्षेत्रमा सहकार्य हुने अपेक्षा व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले आईपीयू सम्मेलन सफलता पूर्वक सम्पन्न गरेकोमा सर्बिया सरकार बधाई तथा धन्यवाद व्यक्त गरे ।

‘सर्बिया सरकारको न्यानो आतिथ्यता र उच्चस्तरीय भेटका लागि म लगायत मेरो प्रतिनिधिमण्डलका तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’ उनले भने, ‘दुई देशबीच आगामी दिनमा उच्चस्तरीय भ्रमण तथा सहयोग आदानप्रदान हुने विश्वास लिएको छु ।’

उनले दुई देशको विभिन्न अन्तर्राष्ट्रिय र बहुपक्षीय संस्थाहरुमा साझा दृष्टिकोण रहेको बताउँदै दुबै देश भूपरिवेष्टित र कृषिमा आधारित अर्थतन्त्र भएकाले आगामी दिनमा थप सहकार्य आवश्यक रहेको बताए।

यसैबीच सर्बियाका सभामुखसँगको भेटमा दुवै देश आईपीयूका सक्रिय सदस्य भएकाले संसदीय भ्रमण तथा सहकार्यमा जोड दिनुपर्ने अध्यक्ष तिमिल्सिनाले धारणा राखेका थिए। उनले सर्बियाका सभामुखलाई नेपाल भ्रमणका लागि निम्तो समेत गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री र सभामुखमार्फत सर्बियाका जनतालाई भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न आमन्त्रण गरेका थिए ।

सर्बियाका सभामुख गोज्कोभिकले सर्बिया संसदीय सहकार्य गन्न तयार रहेको बताउँदै भ्रमण वर्ष २०२० भित्र नेपाल आउने बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १० : १९ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा