चिसोका कारण रुघाखोकीले सतायो ? यसरी गर्न सकिन्छ घरमै उपचार « Khabarhub

चिसोका कारण रुघाखोकीले सतायो ? यसरी गर्न सकिन्छ घरमै उपचार


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले चिसो मौसम सुरु भएको छ । गर्मी महिना सकिएर विस्तारै जाडो बढ्दै गएसँगै रुघा खोकि र चिसोका कारण आउने समस्याहरु देखा पर्न थालेको छ । मौसम परिवर्तन हुँदा शरीरले पनि प्रतिक्रिया जनाउँछ ।

शरीरले प्रतिक्रिया जनाउनु भनेको रुघा,खोकी लाग्नु, नाक बन्द हुँनु घाँटीमा टन्सिल हुनु आदि हो ।

मौसम परिवर्तनको समयमा सामान्य रुघाखोकी लाग्दा आत्ति हाल्नु पर्दैन । मौसम परिवर्तनको समयमा लाग्ने रुघाखोकीबाट बच्न घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।

रुघाखोकी निको पार्ने घरेलु तरिका

पुँदिनाको पात मिसाएर पानी उमालेर त्यसको बाफ लिने यसले गर्दा रुघाखोकीलाई निकै फाइदा पुग्छ । बाफ लिन काम दिनमा दुईपटक गर्नु उपयुक्त हुन्छ ।

रुघाखोकी लागेकाले तातो पानीको प्रयोग गर्न आवश्यक हुन्छ । यसका साथै कागती हालेको चिया पिउँदा पनि रुघाखोकीलाई फाइदा पुग्छ ।

यस्तै मह मिसाएको पानी पिउँदा पनि रुघाखोकी लागेका व्यक्तिलाई राहत मिल्छ । तातो पानीमा मह मिसाएर नियमित सेवन गर्दा अन्य समस्याहरुमा पनि राहत मिल्छ ।

रुघा लाग्दा नियमित रुपमा सिगान बग्छ । उक्त सिगा‍न रुमालको सहायतमा पुछ्नु पर्छ । कहिलेकाही हातले पनि पुछिन्छ त्यस क्रममा नाक वरपर ‍ब्याक्टेरिया रहेको हुन्छ । त्यसैले त्यसका लाग नूनपानीले नाक वरीपरि सफा गर्नुपर्छ नाकमा भएका ब्याक्टेरिया नष्ट गर्छ ।

त्यस्तै सफा रुमालको प्रयोग गरेर तातोपानीले बन्द नाकलाई सेक्ने, पानीमा बेसार, नुन र कागती राखेर पिउनाले पनि फाइदा पुग्छ ।

त्यस्तै तुलसीको पात खानाले पनि रुघाखोकीमा राहत मिल्छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ४० बजे

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट