सातै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान प्रतिष्ठान स्थापना गरिने « Khabarhub

सातै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान प्रतिष्ठान स्थापना गरिने


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् ।

प्रतिष्ठानले आज आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए ।

मन्त्री पण्डितले स्थानीय तहमा केही समस्या रहेको भन्दै त्यसको समाधान गर्नतिर सरकार लागेकोसमेत बताए ।

“अहिले स्थानीय तहले सोचेजस्तो काम गर्न सकेका छैनन् । हामीले पनि कानून बनाएर दिन ढिलो गर्‍यौँ”, उनले भने, “अब भने स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाउने छौं ।”उनले संविधानमा भएको स्थानीय तहको एकल र साझा अधिकारको सूचीलाई बाँडफाँट गरी दिइने तयारीसमेत भइरहेको जानकारी दिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध भएमात्र सङ्घीयता कार्यान्वयनमा सहज हुने भन्दै प्रतिष्ठानले अहिलेसम्म प्रदेश नं १, प्रदेश नं २, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा तीन तहको अन्तर तह सम्बन्ध कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । सम्मेलनमा जापान, भारतलगायत देश र काठमाडौँ उपत्यकाका जनप्रतिनिधिको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : ४१ बजे

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र

कन्सल्टेन्सीको विरोध गरेपनि कार्यान्वयनमा आयो शैक्षिक परामर्श नियमावली

काठमाडौं– सरकारले नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा

ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा

पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व