पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाडौं जित्नैपर्ने दबाबमा « Khabarhub

पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाडौं जित्नैपर्ने दबाबमा


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बुधबार) दुई खेल हुँदैछन् ।

पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुज तथा दोस्रो खेलमा विराटनगर टाईटन्सले पोखरा पल्टनको सामना गर्नेछ ।

पहिलो खेल पोखरा क्रिकेट रंगशालामा बिहान ९ बजेबाट शुरु हुनेछ । प्रतियोगितामा काठमाडौँ पहिलो जितको खोजीमा रहेको छ भने धनगढी लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ ।

सोमबार भएको पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । काठमाडौँ भने पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससंग पराजित भएको थियो ।

सोही कारण ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौंलाई खेलमा फर्कन जित्नैपर्ने दबाब छ । दुवै खेलमा पराजित काठमाडौँ भने अंक विहिन हुँदै तालिकाको पुछारमा रहेको छ ।

दिउँसो पौने १ बजे हुने दोस्रो खेलमा विराटनगरले पोखराको सामना गर्नेछ । प्रतियोगितामा पोखरा दोस्रो जितको खोजीमा रहेको छ भने विराटनगर पहिलो जित निकाल्न चाहान्छ ।

विराटनगर सोमबार भएको खेलमा धनगढीसंग ५ रनले पराजित भएको थियो । पोखरा गत संस्करणको विजेता समेत हो ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : ०६ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले