पीपीएल क्रिकेट: मल्लको शतकमा काठमाडौंको फराकिलो जित « Khabarhub

पीपीएल क्रिकेट: मल्लको शतकमा काठमाडौंको फराकिलो जित


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा –दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन्सले पहिलो जित हात पारेको छ ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंले दिएको १सय८५ रनको लक्ष्य पछ्याएको धनगढी ७९ रन बनाउँदै १७ ओभरमा अल आउट भएको हो ।

लगातार दुई खेलमा हार व्यहोरेको काठमाडौंको पुनरागमन जितमा बलिङतर्फ बसन्त रेग्मीले ३ विकेट लिए । धनगढीले ७९ रन बनाउँदा श्रीवन्थ विजयरत्नले १५ रन र रोड्रिगो थामेसले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

धनगढीविरुद्ध रेग्मीसँगै सुवोध भाटी र पवन सरार्फले समान दुई–दुई विकेट लिए भने सुशान भारी र अमित भट्राईले समान एक–एक विकेट लिए । त्यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । उनले ३८ बलमा ९ छक्का र ८ चौका प्रहर गर्दै सय रन बनाएका थिए ।

यस्तै जयकिशन कोल्सावालाले ४६ रनको इनिङ्स खेले । खराब मौषमको कारण टस ढिला भएको कारण खेल १७ ओभरमा घटाइएको थियो ।

यस संस्करणमा काठमाडौंले बनाएको १सय८५ रनको लक्ष्य पीपीएलकै सबैभन्दा ठूलो हो ।

धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । पहिलो जित हात पारेको काठमाडौंलले ३ खेलमा २ अंक जोडेको छ भने धनगढीले दुई खेलबाट २ अंक जोडेको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १ : १६ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२