पीपीएल क्रिकेटः पोखरालाई हराउँदै विराटनगरले खाता खोल्यो « Khabarhub

पीपीएल क्रिकेटः पोखरालाई हराउँदै विराटनगरले खाता खोल्यो


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ ।

बुधबार भएको खेलमा विराटनगरले घरेलु टोली पोखरा पल्टनलाई ४५ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको पोखराले १ बल बाँकी हुँदा सबै विकेट गुमाएर मात्रै सय रन बनाउन सक्यो ।

पोखराका लागि सबैभन्दा बढी रोहित कुमार पौडेलले ३२ रन, कुसल भुर्तेलले २४ रन बनाए । पोखरामाथि हावी भएका विराटनगरका बलरमध्ये किसोर महतोले ३ विकेट लिए भने जितेन्द्र मुखिया र मोहमद जायद आलमले समान दुई–दुई विकेट लिए । साहब आलम, पुनित मेहरा र नोमन खानले १–१ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभर पूरा खेल्दै ५ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । विराटनगरका लागि पुनित मेहराले अर्धशतक बनाएका थिए । उनले २६ बलको सामना गर्दै ६१ रन बनाए । मेहराले विराटनगरका लागि उत्कृष्ट फिनिसिङ गरे ।

विराटनगरका लागि यस्तै, सुनिल धमलाले ३६ र मोहमद जायद आलमले २६ रन बनाएका थिए । विराटनगरविरुद्ध पोखराका बलरहरुमा कप्तान शरद भेषावकरले २ विकेट लिए भने सर्वजीत लड्डा र कुसल मल्लले समान एक–एक विकेट लिएका थिए ।

राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकरले घरेलु टोलीको नेतृत्व गरेका छन् भने राष्ट्रिय टोलीका खेलाडी प्रदिप ऐरीले विराटनगरको नेतृत्व गरेका छन् ।

जितसँगै विराटनगरले पनि अंक तालिकामा खाता खोलेको छ । साविक विजेता पोखराले भने ३ खेलमा मात्रै २ अंक जोड्न सकेको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ६ : २४ बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान