पीपीएल क्रिकेटः पोखरालाई हराउँदै विराटनगरले खाता खोल्यो « Khabarhub

पीपीएल क्रिकेटः पोखरालाई हराउँदै विराटनगरले खाता खोल्यो


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ ।

बुधबार भएको खेलमा विराटनगरले घरेलु टोली पोखरा पल्टनलाई ४५ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको पोखराले १ बल बाँकी हुँदा सबै विकेट गुमाएर मात्रै सय रन बनाउन सक्यो ।

पोखराका लागि सबैभन्दा बढी रोहित कुमार पौडेलले ३२ रन, कुसल भुर्तेलले २४ रन बनाए । पोखरामाथि हावी भएका विराटनगरका बलरमध्ये किसोर महतोले ३ विकेट लिए भने जितेन्द्र मुखिया र मोहमद जायद आलमले समान दुई–दुई विकेट लिए । साहब आलम, पुनित मेहरा र नोमन खानले १–१ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभर पूरा खेल्दै ५ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । विराटनगरका लागि पुनित मेहराले अर्धशतक बनाएका थिए । उनले २६ बलको सामना गर्दै ६१ रन बनाए । मेहराले विराटनगरका लागि उत्कृष्ट फिनिसिङ गरे ।

विराटनगरका लागि यस्तै, सुनिल धमलाले ३६ र मोहमद जायद आलमले २६ रन बनाएका थिए । विराटनगरविरुद्ध पोखराका बलरहरुमा कप्तान शरद भेषावकरले २ विकेट लिए भने सर्वजीत लड्डा र कुसल मल्लले समान एक–एक विकेट लिएका थिए ।

राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकरले घरेलु टोलीको नेतृत्व गरेका छन् भने राष्ट्रिय टोलीका खेलाडी प्रदिप ऐरीले विराटनगरको नेतृत्व गरेका छन् ।

जितसँगै विराटनगरले पनि अंक तालिकामा खाता खोलेको छ । साविक विजेता पोखराले भने ३ खेलमा मात्रै २ अंक जोड्न सकेको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ६ : २४ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२