मन्त्री गुरुङ र कतारका राजदूतबीच शिष्टाचार भेट « Khabarhub

मन्त्री गुरुङ र कतारका राजदूतबीच शिष्टाचार भेट


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित मन्त्री गुरुङकै कार्यकक्षमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल गरिएको हो ।

मन्त्री गुरुङले महिला तथा बालबालिकाका क्षेत्रमा कतार सरकारसँग सहकार्य गरेर अघि बढ्ने जानकारी गराउँदै नेपालको संविधान र कानूनले महिला सहभागितालाई सुनिश्चित गरेको स्मरण गराए ।

उनले उद्यमशीलतामार्फत नेपाली महिलालाई आर्थिक रुपमा सुदृढ गराउन सकिने विश्वास पनि व्यक्त गरे ।

मन्त्री गुरुङले नेपाली महिलाको सीप विकास गर्न तथा महिला उद्यमीको उत्पादनलाई कतारमा बजार विस्तार गर्न दुई मुलुकबीच सहकार्य गरेर जान सकिने पनि बताए ।

उनले महिला तथा बालबालिकाको क्षेत्र कतार सरकारको पनि प्राथमिकतामा परेको क्षेत्र भएको जानकारी गराउँदै मन्त्री गुरुङलाई कतारको विकासमा नेपाली युवाले महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे । उनले नेपालको महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्न कतार सरकार इच्छुक रहेको समेत बताएका थिए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : ३८ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको