विप्लवको बन्द, प्रभाव कम | Khabarhub Khabarhub

विप्लवको बन्द, प्रभाव कम


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा कम देखिएको छ । बिहानैदेखि निर्वाध रुपमा सवारी सञ्चालनमा आएका छन् । बन्द विफल बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ भने, चोकचोकमा सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।

जताततै शंकास्पद वस्तु फेला

काठमाडौं उपत्यकामा बन्दको प्रभाव कम परेपनि ठाउँठाउँमा भेटिएका शंकास्पद बस्तु तथा बमका कारण सर्वसाधारण त्रसित भएका छन् ।
विभिन्न ठाउँमा भेटिएका शंकास्पद बस्तु तथा बम कसले राखेको भन्ने यकिन नभएपनि नेपाल प्रहरीले आज बन्द आह्वान गरेको विप्लव समूहले नै बम राखेको हुनसक्ने दाबी गर्दै आएको छ ।

पाल्पाको रिब्दिकोट गाउँपालिका भवनमा बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ ।

गाउँपालिकको वडा नम्बर ३ को वडा सचिव बस्ने कोठा छेऊमा विस्फोट गराइएको छ । विस्फोटबाट एक थान कम्प्यूटर, तीन तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राहोसमेत केही चर्किएको गाउँपालिका प्रवक्ता विष्णु खनालले जानकारी दिए ।

राति साढे १ बजे विस्फोट भएको स्थानीयहरुले बताएका छन् । मोटरसाइकलको टायरमा बनाइएको सुतली बम पड्काएरको प्रराम्भीक अनुसन्धानबाट खुलेको छ भने शंकास्पद एक जनालाई प्रकाऊ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ । बम डिस्पोजका लागि नेपाली सेनाको टोली त्यसतर्फ लागेको प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीको पूर्वपश्चिम राजमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु राखिएको पाइएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दलाई प्रभावकारी बनाउन शंकास्पद बस्तु राखिएको अनुमान गरिएको छ ।

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परे पछि सडक अवरुद्ध भएको छ।

घटनास्थललाई प्रहरीले सुरक्षा घेरा भित्र राखेको छ भने शंकास्पद वस्तु डिस्फोज गर्न नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

त्यसैगरी देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि पनि रातो झोलामा शंकास्पद वस्तु फेला परेको छ ।

दुम्किौली हेल्थ पोष्ट अगाडि लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो ।

बन्दका कारण सवारी साधन छिटफुट संचालनमा भए पनि सडकका ठाउँठाउँमा शंकास्पद वस्तु फेला परे पछि प्रहरीले नै सवारी साधनलाई ठाउँठाउँमा रोकेर राखेको छ ।

बन्दका कारण बजार सुनसान देखिएको छ । बन्दको पूर्व सन्ध्यामा बुधबार साँझ चौधरी उद्योग अगाडि विस्फोट भएको थियो भने अरुणखोलामा राँके जुलुस निकाल्ने क्रममा पुरुषोत्तम रेग्मी फक्राउ परेका थिए ।

पोखराका दुई ठाउँमा शंकास्पद बस्तु फेला परेका छन् । गण्डकी प्रदेशसभा भवन प्रबेश गेट आगाडी शंकास्पद बस्तु भेटिएको छ ।

पोखरा ३ नदिपुरमा रहेको प्रदेशसभा भवन प्रबेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो । बम हुन सक्ने भएकाले अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरेको छ ।

त्यस्तै पोखरा ५ जिरोकिलो नजिकै शंकास्पद बस्तु फेला परेको छ । कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो । विप्लव माओवादीको बन्दका क्रममा उनीहरुले नै राखेको हुन सक्ने प्रहरीको भनाई छ ।

काभ्रेको पनौती-७, खोपासी जाने बाटोमा भेटिएको शंकास्पद नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ९ : ०३ बजे

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा