भारतमा भीषण हावाहुरी, कम्तीमा ६० को मृत्यु « Khabarhub

भारतमा भीषण हावाहुरी, कम्तीमा ६० को मृत्यु


५ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भारतका विभिन्न राज्यमा भीषण आँधीसहितको चट्याङका कारण ६० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आँधीको प्रभाव सबैभन्दा धेरै राजस्थान र उत्तर प्रदेशमा परेको छ ।

राजस्थानमा बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । त्यस्तै गुजरात र अहमदावाद राजकोट, पटनालगायतका क्षेत्रमा बढी क्षति पुगेको छ ।
भारतको मौसम तथा जलवायु विभागले आज (बिहीबार) पनि भारी वर्षा हुने अनुमान गरेको छ ।

भारत सरकारले आँधी पीडितका लागि राहतको पनि घोषणा गरेको छ । जसअन्तर्गत पहिलो चरणमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति २ लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने निर्णय गरेको छ ।

गत वर्ष पनि यही समयमा भारतको उत्तर प्रदेशमा आँधीसहितको हावाहुरी र चट्याङ परेको थियो । त्यसमा १ सय बढीले ज्यान गुमाएका थिए ।

नेपालको बारा र पर्सामा आएको आँधी हुरी टोर्नाडो भएका कारण भारतमा पनि टोर्नाडो गएको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  ९ : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र