पल्सर एनएसमा १२५ सीसीको नयाँ मोटरसाइकल ल्याउँदै बजाज, मूल्य कति ? « Khabarhub

पल्सर एनएसमा १२५ सीसीको नयाँ मोटरसाइकल ल्याउँदै बजाज, मूल्य कति ?


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


नेपालमा सर्वाधिक बिक्री हुने दुई पाङ्ग्रे सवारीमध्ये बजाज कम्पनीको पल्सर मोटरसाइकल पनि एक हो ।

बजाजको पल्सर मोडलमा अहिले १५० सीसीभन्दा माथिको क्षमताका मोटरसाइकल मात्रै नेपाली बजारमा उपलब्ध छन् । तर, बजाजले अब १२५ सीसीमा पनि पल्सर मोटरसाइकल उत्पादन शुरु गरिसकेको छ । र, संवततः सन् २०१९ को अन्ततिर नेपालमा पनि यसको बिक्री शुरु हुन सक्छ ।

बजाज पल्सर (एनएस) को बिक्री गत वर्ष पोल्याण्डमा शुरु गरिएको थियो । प्रयोगकर्ताको राम्रो प्रतिक्रिया पछि बजाजले यसको बजार विस्तार गर्ने योजना बनाएको छ ।

संभवतः आगामी सेप्टेम्बर महिनासम्म यो मोटरसाइकल भारतीय बजारमा लञ्च हुने छ । भारतीय बजारमा पल्सर एनएस १२५ लाई एक प्रतिक्षित मोटरसाइकलको रुपमा हेरिएको छ ।

मूल्य कति ?

स्पोर्टी लुक्स र दमदार (परफर्मेन्स)का कारण खास गरी युवा पुस्तामा बजाज कम्पनीको पल्सर लोकप्रिय छ । तर, समान सेग्मेन्ट्सका अन्य कम्पनीका मोटरसाइकलभन्दा केही महंगो भएकाले युवाहरुले बजाजप्रति आकर्षित हुँदा हुँदै पनि मूल्यका कारण सोच्नुपर्ने अवस्था छ ।

त्यसोभए अब आउने पल्सर एनएस १२५ मूल्यका हिसाबले केही सस्तो होला त ? पक्कै पनि यसको इन्जिन क्षमताका हिसावले अहिले बजारमा उपलब्ध पल्सर एनएस १६० र २०० को तुलनामा यसको मूल्य केही कम हुने नै छ । तर, धेरै कम भने हुने छैन ।

पोल्याण्डमा लञ्च भएको यो मोटरसाइकलको मूल्य ७ हजार ९ सय ९९ (पोलिश ज्लटी) तोकिएको छ । जसअनुसार भारतमा यसको मूल्य १ लाख ४६ हजार भारु हुन आउँछ । तर, भारतीय अटोमोबाइल विश्लेषकहरुले भने पल्सर एनएस १२५ भारतीय बजारमा १ लाख भारुको आसपासमा (अन रोड) उपलब्ध हुने आकलन गरेका छन् ।

यस हिसावले नेपाली बजारमा यो मोटरसाइकलको मूल्य २ लाख ७० हजार रुपैयाँको आसपास हुने छ ।

विशेषता

यो मोटरसाइकलमा १२४.४५ सीएम क्यूब (सीसी) क्षमताको सिङ्गल सिलिण्डर फ्यूल इन्जिक्टेड इन्जिन प्रयोग गरिएको छ । उक्त इन्जिनले ८५०० आपीएममा १२ हर्ज पावरको म्याक्सिम पावर जेनेरेट गर्ने छ ।

मोटरसाइकलको इन्जिनमा ५ ओटा गियर बक्स उपलब्ध हुनेछन् ।

यो मोटरसाइकलको डिजाइन हेर्दा पल्सर १३५ एलएसबाट धेरै कुरा सारिएको महसूस गर्न सकिन्छ । यद्यपि केही ग्राफिक्स र कलर भने पल्सर एनएस २०० बाट पनि सारिएको छ ।

यो बाइकको कूल तौल १२६.५ किलोग्राम हुने छ । यसमा १३२५ एमएमका टायर प्रयोग गरिएको हुने छ ।

यो मोटरसाइकलको लम्बाइ १९९५ एमएम, चौडाइ ७६५ एमएम, उचाइ १०५४ एमएम छ । यसको ग्राउण्ड क्लियरेन्स १७० एमएमको रहेन छ । साथै मोटरसाइकलमा १०.५ लिटर क्षमताको पेट्रोल ट्याङ्की उपलब्ध हुने छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १ : ३३ बजे

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा चार माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा चार वटा

साताको दुई दिन बिदा स्थायी रुपमै लागू गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले हप्ताको दुई दिन बिदालाई स्थायी रुपमै कार्यान्वयनको