राम्रो काम गरेको भन्दै गृहमन्त्रीले दिए पुरस्कार « Khabarhub

राम्रो काम गरेको भन्दै गृहमन्त्रीले दिए पुरस्कार


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई गृहमन्त्री रामबहादुर थापाले पुरस्कार प्रदान गरेका छन् ।

गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री थापाले राई र खनाललाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् ।

बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार नगद एवम् प्रशंसापत्र तथा गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद ६ हजार तथा प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै भविष्यमासमेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे । सरकारले विकास र समृद्धिको लक्ष्य लिएको र त्यसका लागि सुशासन अनिवार्य रहेको गृहमन्त्रीको भनाई छ ।

गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७३/७४सम्मको आव २०७४/७५मा फछ्र्यौट गरिसक्नुपर्ने र अवधीमा ६३.०३ प्रतिशत अर्थात रकम चार अर्ब ३० करोड ९७ लाख रहेकोमा दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फछ्योट भएको छ ।

यस्तै नेपाल प्रहरीको आव २०७३/७४सम्मको बेरुजु ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फछ्र्यौट भएको छ । बेरुजु फछ्र्यौट मुल्यांकन तथा अनुगमन समितिले बेरुजु फछ्र्योटमा संलग्न उक्त अवधीमा कार्यरत प्रशाशकिय प्रमुख र कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंशापत्र प्रदान गर्न सकिने पत्र अनुसार गृहमन्त्रालयले पुरस्कृत गरेको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १ : ५२ बजे

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव

वीरगञ्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगञ्ज- सरकारले गठन गरेको चिनी मिल अध्ययन कार्यदलले वीरगञ्जस्थित चिनी मिलको