राम्रो काम गरेको भन्दै गृहमन्त्रीले दिए पुरस्कार « Khabarhub

राम्रो काम गरेको भन्दै गृहमन्त्रीले दिए पुरस्कार


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई गृहमन्त्री रामबहादुर थापाले पुरस्कार प्रदान गरेका छन् ।

गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री थापाले राई र खनाललाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् ।

बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार नगद एवम् प्रशंसापत्र तथा गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद ६ हजार तथा प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै भविष्यमासमेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे । सरकारले विकास र समृद्धिको लक्ष्य लिएको र त्यसका लागि सुशासन अनिवार्य रहेको गृहमन्त्रीको भनाई छ ।

गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७३/७४सम्मको आव २०७४/७५मा फछ्र्यौट गरिसक्नुपर्ने र अवधीमा ६३.०३ प्रतिशत अर्थात रकम चार अर्ब ३० करोड ९७ लाख रहेकोमा दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फछ्योट भएको छ ।

यस्तै नेपाल प्रहरीको आव २०७३/७४सम्मको बेरुजु ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फछ्र्यौट भएको छ । बेरुजु फछ्र्यौट मुल्यांकन तथा अनुगमन समितिले बेरुजु फछ्र्योटमा संलग्न उक्त अवधीमा कार्यरत प्रशाशकिय प्रमुख र कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंशापत्र प्रदान गर्न सकिने पत्र अनुसार गृहमन्त्रालयले पुरस्कृत गरेको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १ : ५२ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल