विपद्का घटनामा ४ सय ५४ ले ज्यान गुमाए « Khabarhub

विपद्का घटनामा ४ सय ५४ ले ज्यान गुमाए


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो वर्ष वि.स.२०७५ मा मुलुकमा भएका विभिन्न ४ हजार २ सय ८२ विपद्का घटनामा ४ सय ५४ जनाले ज्यान गुमाएका छन् ।
गृहमन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार विभिन्न विपद्बाट ११ हजार ५ सय ३३ परिवार प्रभावित भएका छन् । गत वर्ष चट्याङबाट मात्रै ६८ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख छ ।

बारा जिल्लामा अघिल्लो वर्ष सबै विपद्का घटनाबाट सबैभन्दा धेरैको ज्यान गएको जनाइएको छ । त्यस्तै, अघिल्लो वर्ष वर्षभरीमा सबैभन्दा धेरै विपद्को घटना चैत महिनामा भएको उल्लेख छ । यसअनुसार चैत महिनामा भएका विभिन्न ४ सय ८६ विपद्का घटनामा ६६ जनाको ज्यान गुमाएका थिए ।

सबैभन्दा कम विपद्का घटना भएको असोज महिनामा भने १ सय ८७ घटनामा २८ जनाले ज्यान गुमाए ।  अघिल्लो वर्ष प्रदेश नम्बर १ मा सबैभन्दा धेरै १०३४ विपद्का घटनामा ७९ जनाको ज्यान गएको छ । त्यस्तै, सबैभन्दा कम विपद्का घटना भएको कर्णाली प्रदेशमा २१४ घटनामा ४१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ९ : ४८ बजे

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज