मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई मन्त्री यादवको आग्रह « Khabarhub

मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई मन्त्री यादवको आग्रह


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेशागत मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई आग्रह गरेका छन् । नेपाल अडिटर्स एसोशियसन (अडान), उपत्यका प्रदेश समितिको पाँचौ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले लेखा परीक्षणको नाममा राज्यलाई आर्थिक नोक्सानी पुर्‍याउन नहुनेमा जोड दिए ।

मन्त्री यादवले भने“आर्थिक हिसाब प्रष्ट पार्न लेखापरीक्षकको आवश्यकता छ । लेखापरीक्षण गर्दा राज्यलाई आर्थिक नोक्सानी हुने गरी ‘मुख मिलाउन’ हुँदैन ।” वास्तविक लेखापरीक्षण गरेर आर्थिक हिनामिना गर्न नदिन लेखापरीक्षकको ठूलो भूमिका रहेको औँल्याउँदै उनले लेखापरीक्षणका क्रममा हुने अनियमितता रोक्न सम्पूर्ण लेखापरीक्षक एक हुनुपर्ने बताए ।

“लेखा परीक्षणका क्रममा हुने अनियमितता रोक्ने हैसियत र सीप तपाईंहरुसँग छ, अब सरकारलाई लेखापरीक्षकको साथ चाहिएको छ”, मन्त्री यादवले भने। जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउन आफू क्रियाशील रहेको उल्लेख गर्दै उनलेकम्पनी, उद्योग, प्रतिष्ठान दर्तालगायत कामलाई सहज बनाउन सरकाले एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ८ : ०४ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर