पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न « Khabarhub

पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न


२ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणको काम नवलपरासी पूर्वमा ८२ प्रतिशत सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्ममा निजी आवास पुनःनिर्माणको काम ८२ प्रतिशत सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख राजेन्द्र कार्कीले बताए ।

नवलपुरमा भूकम्पका कारण ८५२ घरमा क्षति पुगेको थियो । तीमध्ये ६९५ ले घर निर्माणको काम सकेको प्रमुख कार्कीले बताए । उनका अनुसार निर्माण सम्पन्न गर्ने ६९५ ले तेस्रो किस्ताको रकम बुझेका छन् । दोस्रो किस्ताको अनुदान रकम बुझ्नेको सङ्ख्या भने ९४ प्रतिशतको हाराहारीमा रहेको उनले बताए। पहिलो चरणको पुनःनिर्माणको काम अब चाँडै सम्पन्न हुने प्रमुख कार्कीले बताए ।

नवलपुरमा गुनासो दर्ता गर्नेको सङ्ख्या दुई हजार २४० छ । गुनासो दर्ता गर्नेको सर्वेक्षणको काम शतप्रतिशत सम्पन्न भएको प्रमुख कार्कीले बताए । उनका अनुसार गुनासो दर्ता गर्नेमध्येबाट पाँच जनाको प्रबलीकरणका लागि नाम थप भएको छ । पाँच जनाले दोस्रो चरणको पुनःनिर्माणअन्तर्गत पहिलो किस्तावापतको रकमसमेत बुझिसकेका छन् ।

यस्तै विद्यालय पुनःनिर्माणतर्फ पहिलो चरणमा ३१ विद्यालय निर्माणको काम सकिएको छ । चार विद्यालय निर्माणको काम अन्तिम चरणमा रहेको छ । दोस्रो चरणमा थप ३७ विद्यालयसँग निर्माण सम्झौता भएको छ । जसअन्तर्गत सबै विद्यालयको पुनःनिर्माणको काम जारी रहेको कार्यालय प्रमुख कार्कीले बताए । विद्यालय भवन पुनःनिर्माणको काम सकिएका तीन विद्यालयमा शौचालय निर्माणको कामसमेत चलिरहेको प्रमुख कार्कीले बताए । विद्यालयमा दुई, तीन र चार कोठाका दरले भवन निर्माण गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार  ९ : ४८ बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब