महोत्तरीमा २४ सडक बाढीले क्षति « Khabarhub

महोत्तरीमा २४ सडक बाढीले क्षति


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् ।

गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हुँदा यातायात सञ्चालनमा कठिनाइ परेको छ । तराई–मधेशको ‘लाइफलाइन’ भनिएको हुलाकी सडक, बर्दिवास–जलेश्वर सडक, जलेश्वर–जनकपुर सडक, जलेश्वर–सम्सी सडक, जलेश्वर–भ्रमरपुरा हुँदै जनकपुर जोड्ने सडक, जलेश्वर–मटिहानी सडक, जलेश्वर–रौजा सडकलगायत जिल्लाको प्रमुख सडकसहित २४ सडक बाढीले अवरुद्ध भएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

जिल्लाका मुख्य सडक बाढीले अवरुद्ध भएपछि जिल्लाको सुदूरदक्षिणी क्षेत्रमा रहेको जिल्ला सदरमुकाम जलेश्वरसँग बाँकी जिल्लाका अन्य भेगको सम्बन्धविच्छेदजस्तै बनेको छ ।

क्षतिग्रस्त सडकमा मर्मतसम्भारको काम द्रूतगतिमा बढाइएको प्रजिअ ढकालको भनाइ छ । यी क्षतिग्रस्त सडक र पूर्वपश्चिम राजमार्गको महोत्तरीकै बर्दिवासस्थित भब्सीपुलमा बेलिब्रिज पाँच दिनभित्रै प्रयोगमा आइसक्ने प्रजिअ ढकालले जानकारी दिए ।

भब्सी नदीमा आएको ठूलो बाढीले गत शुक्रबार राति पुल बगाएपछि यहाँ सडक यातायात अवरुद्ध भएपछि बेलिब्रिज जडानको काम थालिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १० : ५० बजे

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच