रुपन्देहीका सडकमा राखिएका पाँच वटा वुद्ध मूर्ति तोडफोड « Khabarhub

रुपन्देहीका सडकमा राखिएका पाँच वटा वुद्ध मूर्ति तोडफोड


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखिएका वुद्ध भगवानका मूर्ति तोडफोड गरिएको छ ।

बिहीवार विहान मूर्ति तोडफोड अवस्थामा फेला परेको तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेले बताए । मेयर घिमिरेका अनुसार मूर्ति तोडफोड गर्नेहरुको खोजी भइरहेको जनाए ।

‘धर्ममाथिको आक्रमण जस्तो देखिएको छ, बुद्धको मूर्ति यहाँको पहिचान झल्काउनका लागि राखिएको थियो’ उनले भने ,’पहिचान मेटाउने कुत्सित मनसाय भएकाले घटना घटाएको हुन सक्छ।’

रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

गौतम वुद्धको जन्म स्थान लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा ६ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो । जसमध्ये पाँच मुर्तिमा क्षति पुगेको छ ।

एउटा मूर्ति राख्नका लागि ५० देखि ६० हजार खर्च भएको र ६ वटा मूर्ति राखिएको मेयर घिमिरेले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : ०० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो