मेयर कप बास्केटबल प्रतियोगिता भदौ १३ देखि « Khabarhub

मेयर कप बास्केटबल प्रतियोगिता भदौ १३ देखि


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा आगामी भदौ १३ देखि प्रथम मेयर कप बृहत् बास्केटबल प्रतियोगिता हुने भएको छ ।

विद्यालयस्तरदेखि नै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न चार इभेन्टमा प्रतिस्पर्धा गराइने सङ्घका अध्यक्ष धोजकुमार गुरुङले जानकारी दिए ।

प्रतियोगितामा कक्षा १० सम्मको माविस्तरीय छात्रछात्रा प्रतिष्पर्धा, कक्षा ११ र १२ स्तरीय छात्रछात्रा प्रतिष्पर्धा, स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै कलेजस्तरीय छात्रछात्रा प्रतिष्पर्धा र ४० वर्षमाथिको उमेर समूहको भेट्रान्स प्रतिष्पर्धा समावेश गरिएको प्रतियोगिताका संयोजक नारायणप्रसाद शर्माले जानकारी दिए ।

शर्माका अनुसार माविस्तरीय कक्षा १० सम्म छात्रछात्रातर्फको विजेताले रु १२ हजार तथा उपविजेताले सात हजार पुरस्कार प्राप्त गर्नेछन् भने कक्षा १२ सम्म तथा स्नातकतर्फको प्रतिष्पर्धाका विजेता छात्रछात्राले १५ हजार र उपविजेताले आठ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरा महानगरपालिकाले मुख्य प्रायोजन गरेको प्रतियोगितामा जिल्लामा सञ्चालित विद्यालय तथा क्याम्पसले सहभागिता जनाउनेछन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ४० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार