विवाह समारोहमा बम विस्फोट– ३६ जना मारिए, १८० जनाभन्दा बढी घाइते | Khabarhub Khabarhub

विवाह समारोहमा बम विस्फोट– ३६ जना मारिए, १८० जनाभन्दा बढी घाइते


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको बम विस्फोटनमा परि ६३ जना मारिएका छन् । विस्फोटमा १८० जनाभन्दा बढी मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा बम विस्फोट गराएका थिए । विस्फोटनपछि धेरै मानिस हताहत भएको देखेको उनीहरूले बताएको बीबीसीले उल्लेख गरेको छ ।

स्थानीय समयअनुसार राति १० बजेर ४० मिनेटमा शहरको पश्चिम भागमा रहेको शिया मुस्लिम बहुल क्षेत्रमा उक्त विस्फोट भएको थियो । अहिलेसम्म बिस्फोटको कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

तालिबान, इस्लामिक स्टेट समूह र सुन्नी मुस्लिम विद्रोहीहरूले अफगानिस्तान र पाकिस्तानमा रहेका शिया हजारा अल्पसङ्ख्यकहरूलाई बारम्बार निसाना बनाउने गरेका छन् ।

काबुलको एक प्रहरी चौकीमा १४ जनाको ज्यान जाने र १५० जनालाई घाइते तुल्याउने गरी ठूलो बम विस्फोटन गराइएको १० दिनपछि पछिल्लो हमला भएको छ। तालिबानले पछिल्लो हमला आफूले गराएको बताएको छ ।

शुक्रवार पाकिस्तानको क्वेटा सहरमा एक मस्जिद नजिकै राखिएको बम विस्फोट हुँदा तालिबान नेता हिबतुल्लाह अखुन्डजादाका भाइ मारिएका थिए। त्यो आक्रमणको कुनै समूहले जिम्मेवारी लिइसकेको छैन ।

अफगानिस्तानको गुप्तचर निकायको एक सूत्रले बीबीसीलाई बताएअनुसार तालिबान नेता हिबतुल्लाह अखुन्डजादा आफैँ त्यो मस्जिदमा प्रार्थना गर्न जाने कार्यक्रम थियो । सायद उनैलाई निसाना बनाउने योजना थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १० : ५८ बजे

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

एजेन्सी – वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन

दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति

‘बुडापेस्ट शिखर सम्मेलनमा पुटिन र ट्रम्प सहभागी हुन सक्ने सम्भावना’

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन