चलचित्र ‘च च हुई’को पोस्टर सार्वजनिक « Khabarhub

चलचित्र ‘च च हुई’को पोस्टर सार्वजनिक


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । ‘हजार जुनीसम्म’ फिल्मबाट प्रसंसा बटुलिरहेका आर्यन सिग्देलले यो फिल्मबाट अझै बढी दर्शकको मन जित्ने दाबी गरेका छन् ।

चलचित्रमा आफ्नो भूमिका विदेशबाट देश र राष्ट्रियता सम्झेर देश फर्किने युवाका रुपमा रहेको भन्दै युवाको देशप्रेमलाई चलचिमा समेटिएको बताए । सिग्देलले भने, ‘फिल्मको पोस्टर हेरेर नै धेरै कुरा थाहा पाउनुहुनेछ । त्यसमा पनि मेरो भूमिका देश र राष्ट्रियता सम्झेर स्वदेश फर्किएको युवाका रुपमा छन् । अभिनयमा मैलै राम्रो मेहनत गरेको छु । बाँकी तपाईंहरुले हेरेर मूल्यांक गर्नुहोला ।’

सार्वजनिक पोस्टरमा आर्यनलाई फ्रेस देख्न सकिन्छ । उनको साथमा को–स्टार मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । सार्वजनिक पोस्टरमा आर्यनले मिरुनालाई पाउन खोजेका छन् भने उनलाई भोलाले सम्हाली रहेकाछन् । अर्कोमा माओत्से गुरुङ सहित यही चियाई रहेको देख्न सकिन्छ ।

पोस्टरमा फोटोग्राफी श्रीधर पौडेलको छ भने यसलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले डिजाइन गरेका हुन् । मङ्सिर ६ मा रिलिज हुने फिल्म रम(कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा आउंदैछन् ।

चलचित्रका निर्देशक साम्तेन भुटियाले यो पटक कमर्सियल फिल्म बनाउने कोसिस गरेको भन्दै यो चलचित्र रोमान्टिक कमेडी रहेको बताएका छन् । चलचित्रबारे जानकारी दिँदै उनले भने, ‘मैले निर्देशन गरेको पछिल्लो फिल्मको तुलनामा टोटल यो फरक छ । आर्यनलाई हामीले उनलाई सुहाउने क्यारेक्टरमा प्रस्तुत गरेका छौ । दर्शकले आर्यनको रोमान्टिक र कमेडी अवतारमा दर्शकले देख्न हुनेछ । ’

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १२ : ५५ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने