होण्डुरसमा दुई क्लबका समर्थकबीच हिंसा भड्किँदा ३ जना मारिए « Khabarhub

होण्डुरसमा दुई क्लबका समर्थकबीच हिंसा भड्किँदा ३ जना मारिए


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेगुसिगाल्पा– ल्याटिन अमेरिकी मुलुक होण्डुरसमा फुटबल खेलका बेला दुई क्लबका समर्थकबीच भएको झडपमा ३ जना मारिएका छन् ।

राजधानी टेगुसिगाल्पामा रहेका दुई क्लबहरु मोटागुआ र ओलम्पिया क्लबबीच हुन लागेको खेलअगाडि समर्थकबीच हिंसा मच्चिएको हो । हिंसाका क्रममा अरु १० जना घाइते भएका छन् ।

राष्ट्रिय रंगशालामा हुन लागेको खेलअघि समर्थकको भीडले मोटागुआ क्लबका खेलाडी बोकेको बसमा ढुङ्गामुढा प्रहार गरेका थिए । समर्थकले प्रहार गरेको ढुङ्गामुढाका क्रममा तीन खेलाडी घाइते भएका थिए ।

त्यसपछि रंगशालामा दुबै क्लबको समर्थकबीच हिंसा मच्चिएको थियो । दुबै क्लबका समर्थकले छुरा र बन्दुकले विपक्षी समर्थकलाई आक्रमण गरेका थिए । आक्रमणमा ७ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जना गम्भीर अवस्थामा छन् ।

रंगशालामा हिंसा भड्केपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि रंगशालाभित्रै भागदौड मच्चिएको थियो । हिंसा नरोकिएपछि आयोजकले खेल रद्द गर्नुपरेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ०९ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको