अफगानिस्तानमा भएको आक्रमणमा ६३ जनाको मृत्यु, आईएसले लियो जिम्मा « Khabarhub

अफगानिस्तानमा भएको आक्रमणमा ६३ जनाको मृत्यु, आईएसले लियो जिम्मा


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा ६३ जनाको ज्यान जानेगरी विवाह समारोहमा गराइएको आत्मघाती बम आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।

इस्लामिक स्टेटले सामाजिक सञ्जाल टेलिग्राममार्फत विज्ञप्ति जारी गर्दै राजधानी काबुलमा विवाह समारोहमा गराइएको आक्रमणको जिम्मा लिएको हो ।

यसअघि अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले आक्रमणमा आफ्नो संलग्नता नरहेको बताउँदै आक्रमणको निन्दा गरेको थियो ।

अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मय खालिदजाद तथा तालिबानको राजनीतिक प्रतिनिधिमण्डलबीच शान्ति वार्ता जारी रहेका बेला इस्लामिक स्टेटले काबुलमा आक्रमण गराएको हो । उक्त शान्ति वार्तामा इस्लामिक स्टेटलाई भने सहभागी गराइएको छैन ।

सन् २०१४ मा अफगानिस्तानमा इस्लामिक स्टेटले आफ्नो गतिविधि शुरु गरेको थियो । इस्लामिक स्टेटले हाल अफगानिस्तानमा अन्तर्राष्ट्रिय सुरक्षा फौज, अफगान सेना र तालिबानविरुद्ध युद्ध लडिरहेको छ ।

इस्लामिक स्टेटले केही वर्षयता सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी घातक आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ३४ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै