चेम्बर अफ कमर्सका अध्यक्ष र साउदी अरबका लागि नेपाली राजदूतबीच छलफल « Khabarhub

चेम्बर अफ कमर्सका अध्यक्ष र साउदी अरबका लागि नेपाली राजदूतबीच छलफल


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको पदाधिकारीहरुले साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंहसँग भेट गरेका छन् ।

जमलस्थित चेम्बर अफ कमर्शको सचिवालयमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले राजदूत सिंहसँग साउदी अरेबियासँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारीका लागि साउदी अरब प्रमुख स्थान भएको उल्लेख गर्दै दुतावासले पुर्‍याएको कार्यको सरहाना पनि गरे ।

दुई देशबीच व्यापारिक, आर्थिक एंव लगानीको सम्बन्ध, विकास एवं सुदृढ गर्नुपर्ने, दुई देशका उद्यमी व्यवशायीबीचमा द्विपक्षीय व्यापार एंव आर्थिक सम्बन्धको विस्तार गरि नयाँ व्यावसायीक अवसरहरुको सम्भावना पहिचान गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

सन् २०२० फेब्रुअरी २५ देखि २९मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरेबियाबाट समेत सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए ।

नेपाल र साउदी अरेबियाबीच आर्थिक एंव व्यापारिक सम्बन्धको विस्तारमा पर्यटन एउटा सम्भावित अंग भएकाले चिसो मुलुकको यात्रा गर्ने साउदीका लागि नेपाल उपयुक्त स्थान भएको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

भेटमा साउदी अरबका लागि नेपाली राजदूत सिंहले नेपाल पर्यटन वर्ष २०२० सफल पार्नलाई साउदी नागरिकका लागि प्रचारप्रसार पर्याप्त रुपमा गर्नुपर्ने बताए । उनले नेपालबाट व्यापारीक प्रतिनिधि मण्डलले साउदी अरबियाको भ्रमण गर्ने र बीटुबी बैठकको आयोजना दूताबासको पहलमा गर्न आफू तयार रहेको जानकारी दिए ।

यसैबीच चेम्बर अफ कमर्शको सचिवालयमा भारतका लागि नेपाली दूताबासका मिनिस्टर (इकोनोमिक) नीता पोखरेलसँग पनि चेम्बर अध्यक्ष श्रेष्ठको छुट्टै भेट गरेका छन् । सो भेटमा अध्यक्ष श्रेष्ठले भारत छिमेकी मुलुक भएकोले व्यापार, पर्यटन प्रबद्र्धन सँगसँगै लैजानुपर्ने स्थिति रहेको बताए । अध्यक्ष श्रेष्ठले भारतमा व्यापार / उद्योग विगत केहि वर्षदेखि उल्लेखनीय रुपमा बढेकाले त्यसको फाइदा नेपालले लिन कुन मोडालिटी तयार गर्ने त्यसबारेमा भारतीय पक्षसँग छलफल गरिदिन आग्रह गरे ।

भेटमा भारतका लागि नेपाली राजदूताबासका मिनिस्टर (इकोनोमिक) पोखरेलले नेपाली उद्योग÷व्यवसायको सहजीकरणको लागि आफू प्रयत्नशील रहने र निजी क्षेत्रसँगको सहकार्य आवश्यक एंव अनिवार्य रहेको हुँदा निजी क्षेत्रबाट समस्या एंव सुझाबसहितको अपेक्षा गरेको बताइन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : ४८ बजे

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु