पदम कुमारी हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

पदम कुमारी हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोटको तत्कालीन ककनी गाविस–७ (हाल ककगनी गाउँपालिका–५) सिम्लेमा एक ७० वर्षीय महिलाको हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।

सिम्लेकी ७० वर्षीया पदम कुमारी गुरुङको हत्यामा संलग्न भएको आरोपमा सोही गाउँका भरत सुनार (हाल ५९ वर्षीय) पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भरतलाई चितवनबाट पक्राउ गरेको हो ।

२० माघ २०५९ मा सिम्लेकै लालबहादुर तामाङका छोराको छेवर (तामाङ समुदायमा छोराको चूडाकर्म संस्कार) थियो । छेवरपछि आयोजित नाचगानका क्रममा पदम कुमारी र भरतबीच सामान्य विवाद भएको थियो ।

छेवरपछिको नाचगान सकिएपछि घर हिँडेकी पदम कुमारीको दोस्रो दिन (माघ २१ गते) लालबहादुरकै मकै बारीमा स्थानीयहरुले निवस्त्र अवस्थामा शव फेला पारेका थिए ।

प्रहरीका अनुसार पदम कुमारीको शवसँगै खैरो रंगको छालाको पेटी (पुरुषले लगाउने) तथा हातमा लगाउने नाडी घडी समेत फेला परेको थियो । अनुसन्धानका क्रममा उक्त पेटी र घडी भरतको भएको फेला प¥यो ।

तर, भरत भने घटना भएकै रातिदेखि फरार थिए । लामो समय भारतमा रहेका भरत पछिल्लो समय चितवनमा रहेको सूचनाका आधारमा परिचालन भएको सीआईबीको टोलीले उनलाई मंगलबार (भदौ ३१ गते) पक्राउ गरेको हो ।

पक्राउ परेका भरतलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटको जिम्मा लगाइएको सीआईबीका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : ०९ बजे

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा