पदम कुमारी हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ « Khabarhub

पदम कुमारी हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोटको तत्कालीन ककनी गाविस–७ (हाल ककगनी गाउँपालिका–५) सिम्लेमा एक ७० वर्षीय महिलाको हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।

सिम्लेकी ७० वर्षीया पदम कुमारी गुरुङको हत्यामा संलग्न भएको आरोपमा सोही गाउँका भरत सुनार (हाल ५९ वर्षीय) पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भरतलाई चितवनबाट पक्राउ गरेको हो ।

२० माघ २०५९ मा सिम्लेकै लालबहादुर तामाङका छोराको छेवर (तामाङ समुदायमा छोराको चूडाकर्म संस्कार) थियो । छेवरपछि आयोजित नाचगानका क्रममा पदम कुमारी र भरतबीच सामान्य विवाद भएको थियो ।

छेवरपछिको नाचगान सकिएपछि घर हिँडेकी पदम कुमारीको दोस्रो दिन (माघ २१ गते) लालबहादुरकै मकै बारीमा स्थानीयहरुले निवस्त्र अवस्थामा शव फेला पारेका थिए ।

प्रहरीका अनुसार पदम कुमारीको शवसँगै खैरो रंगको छालाको पेटी (पुरुषले लगाउने) तथा हातमा लगाउने नाडी घडी समेत फेला परेको थियो । अनुसन्धानका क्रममा उक्त पेटी र घडी भरतको भएको फेला प¥यो ।

तर, भरत भने घटना भएकै रातिदेखि फरार थिए । लामो समय भारतमा रहेका भरत पछिल्लो समय चितवनमा रहेको सूचनाका आधारमा परिचालन भएको सीआईबीको टोलीले उनलाई मंगलबार (भदौ ३१ गते) पक्राउ गरेको हो ।

पक्राउ परेका भरतलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटको जिम्मा लगाइएको सीआईबीका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : ०९ बजे

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल