अरुण नदीमा बेपत्ता भएका ६ जना खोज्न गोताखोर पर्खिनुपर्ने « Khabarhub

अरुण नदीमा बेपत्ता भएका ६ जना खोज्न गोताखोर पर्खिनुपर्ने


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खसेको जीपसँगै बेपत्ता भएका यात्रुको तत्काल उद्दार सम्भव नभएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

घटनाको जानकारी हुनासाथै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन भए पनि नदीमा खसेको जीप र यात्रुका बारेमा कुनै पनि जानकारी प्राप्त हुन नसकेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

‘घटना भएको जानकारी हुनासाथै नेपाल प्रहरीको निरीक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरीको सहायक निरीक्षक (सई)को नेतृत्वमा सुरक्षाकर्मीको टोली परिचालन भएको थियो,’ सहायक सीडीओ घिमिरेले खबरहबसँग भने, ‘अहिले सेनाको टोली पनि घटनास्थलमा पुगेको छ । तर, नदीमा खसेको जीप र यात्रुबारे कुनै पनि विवरण प्राप्त हुन सकेको छैन ।’

सहायक सीडीओ घिमिरेका अनुसार नदीमा बेपत्ता भएका यात्रुको खोजीका लागि गोताखोर परिचालन गर्न गृह मन्त्रालयमा जानकारी पनि गराइएको छ ।

गृह मन्त्रालयले गोताखोर परिचालनका लागि सशस्त्र प्रहरीलाई परिपत्र पनि गरेको छ । तर, खराब मौसमका कारण तत्काल घटनास्थलमा गोताखोर पुग्ने अवस्था कम रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) सुरज कुमार श्रेष्ठले जानकारी दिए ।

‘गोताखोर परिचालन गर्ने भनेर हामीलाई जानकारी आएको छ । हामीले पनि परिचालनका लागि आवश्यक तयारी गरिसकेका छौं,’ डिआईजी श्रेष्ठले खबहबसँग भने, ‘तर, खराब मौसमका कारण हेलिकोप्टरमार्फत गोताखोर पठाउन सकिने अवस्था छैन ।’

डिआईजी श्रेष्ठले सुनसरीस्थित सशस्त्र प्रहरीको बाहिनीबाट पैदलै भएपनि गोताखोर परिचालनको तयारी भइरहेको जानकारी दिए । ‘हेलिकोप्टरबाट पठाउन सकिने अवस्थामा हामीले काठमाडौंबाट नै गोताखोरको टोली परिचालन गर्ने हो । तर, अहिले खराब मौसमका कारण त्यो सम्भव छैन,’ डिआईजी श्रेष्ठले भने, ‘पैदल मार्गबाट भएपनि सुनसरीस्थित बाहिनीबाट पठाउने तयारी गरिरहेका छौं ।’

गोताखोरले पनि तत्काल उद्दार गर्ने अवस्था अत्यन्तै न्यून

सहायक सीडीओ घिमिरेका अनुसार अहिले संखुवासभामा वर्षा भइरहेको छ । अरुण नदीमा धमिलो पानी बगिरहेको र पानीको बहाव पनि उच्च रहेका कारण गोताखोर परिचालन गरेर पनि तत्कालै उद्दार गर्न सकिने संभावना कम रहेको घिमिरेले बताए ।

‘बाढीका कारण नदी पुरै धमिलो छ । पानीको बहाव पनि उच्च छ,’ घिमिरेले भने ।

सशस्त्रका डिआईजी श्रेष्ठ बाढीसहितको धमिलो पानी भएको अवस्थामा गोताखोर परिचालन गर्नु झन जोखिमपूर्ण हुने बताउँछन् । ‘हामीले उद्दारका लागि सकेजति (भरमग्दुर) प्रयास गर्ने हो । तर, नदीमा बाढी आइरहेका बेला पानी धमिलो हुन्छ । पानीको बहाव पनि उच्च हुन्छ,’ डिआईजी श्रेष्ठ भन्छन्, ‘यस्तो अवस्था गोताखोरका लागि पनि प्रतिकूल हुन्छ ।’

बरामी बोकेर धरानतर्फ गइरहेको को १ ज ३७४१ नम्बरको जीप मंगलबार राति करिब १० बजेतिर धर्मदेवी नगरपालिका–८ अक्करको भिरबाट अरुण नदीमा खसेको थियो ।

खाँदबारी नगरपालिका–९ का संगम श्रेष्ठका २ महिने बिरामी छोराको उपचारका लागि धराल लैजान रिजर्भ गरिएको जीप अरुण नदीमा खसेको थियो । जीप नदीमा खस्दा संगमसहित उनका २ महिने छोरा समिर, श्रीमती सदीक्षा श्रेष्ठ, छिमेकी प्रमेश थापामगर तथा प्रमेशकी भाउजु कल्पना थापामगर र जीपका चालक सन्तोष बिक बेपत्ता भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : ३३ बजे

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको