किन पत्तासाफ भयो सनी लियोनीलाई नचाइएको फिल्म ‘पासवर्ड’? « Khabarhub

किन पत्तासाफ भयो सनी लियोनीलाई नचाइएको फिल्म ‘पासवर्ड’?


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडमा सर्वाधिक धेरै खोजी गरिने नायिका तथा पूर्वपोर्नस्टार सनी लियोनीले आइटम डान्स गरेको फिल्म भनेर चर्चामा आएको फिल्म ‘पासवर्ड’ बक्स अफिसमा नराम्रोसँग चिप्लियो । यो फिल्म रिलिजको दुई दिनमै पत्तासफ भइसकेको थियो । जबकि, फिल्मको प्रिमियर ठूलो तामझामका साथ गरिएको थियो ।

फिल्मकै प्रचारका लागि सनी लियोनी नेपाल आउने भएपछि सनीको त चर्चा चल्यो । तर, फिल्मको चर्चा चलेन । न त फिल्मका अन्य कलाकारको नै चर्चा भयो । सनी लियोनीले नेपाली फिल्ममा आइटम डान्स गरेको भन्नेबाहेक अरु कुनै चर्चा भएन । फिल्म पनि असफल भयो ।

खबरलाई आधार मान्ने हो भने सनी लियोनीलाई अभिनय गराउन फिल्म युनिटले झण्डै २ करोड खर्चेको थियो । तर, सनी लियोनीलाई यो फिल्म खेलाउनु पनि बालुवामा पानी खन्याएजस्तै भयो । प्रिमियरमै फिल्म हेरेका दर्शकले पनि यो फिल्म हेरेर गाली गरे ।

तामझाम र हल्लाखल्लाले फिल्म चल्ने भए शायदै नेपाली फिल्म फ्लप हुने थिएनन् । ‘पासवर्ड’ मा बलिउड सेलिब्रेटीलाई ल्याएर अभिनय त गराइयो तर फिल्मको कथा र अन्य संरचना निकै अस्तव्यस्त हुँदा फिल्म फ्लप भयो । गीत मात्र हेर्न दर्शक हलसम्म जाने भए उक्त गीत दर्शकले पहिले नै युट्युबमा हेरिसकेका थिए ।

यस्तै हालत चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ को पनि भएको थियो । यो फिल्ममा पनि विदेशी कलाकारले अभिनय गरेका थिए । तर, फिल्मका कथा नै कमजोर हुँदा पूर्ण रुपमा असफल भयो ।

फिल्ममेकरले फिल्म नै राम्रो बनेन भने जुन कलाकार लिए पनि दर्शक हलसम्म तान्न सक्दैन भन्ने बुझ्न नसक्दा निर्माताको लगानी बालुवामा बनाएको घरजस्तो भएको छ ।

त्यसो त ‘पासवर्ड’ का निर्माताले सनी लियोनीलाई लिड रोलमा लिएर अर्को फिल्म पनि निर्माण गर्ने घोषणा गरेका छन् । तर, उनको घोषणाअनुसार फिल्म बन्ला या नबन्ला त्यो हेर्न बाँकी छ । यदि बन्यो भने पनि कस्तो फिल्म बन्ला? सनीलाई अभिनय गराउँदैमा फिल्म हिट हुने भन्ने पनि त पक्कै होइन ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : १७ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने