पाँच विधेयकबारे राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रतिनिधिसभामा टेबुल | Khabarhub Khabarhub

पाँच विधेयकबारे राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रतिनिधिसभामा टेबुल


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकमा पाँचवटा विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल भएको छ ।

बैठकमा प्राप्त सन्देश टेबुल भएका विधेयकमा ‘वातावरण संरक्षण विधेयक, २०७५’, ‘वन विधेयक, २०७५’, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’, ‘भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ र ‘राहदानी विधेयक, २०७५’ छन् ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले पाँच वटै विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए ।

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६” प्रतिनिधिसभाको बैठकमा पेश गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ५ : ५१ बजे

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति

टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल घरेलु

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान