गृहमन्त्रीका भाइ धरौटीमा रिहा, अन्य ६ जना जेल चलान | Khabarhub Khabarhub

गृहमन्त्रीका भाइ धरौटीमा रिहा, अन्य ६ जना जेल चलान


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापा धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतले सो आरोपमा पक्राउ परेका ७ जनामध्ये गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो भने बाँकीलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहस सकिएपछि थापालाई बुधबार धरौटीमा छाड्ने आदेश गरेको हो । उनीसँगै पक्राउ परेका अन्य ६ जना भने पुर्पक्षका लागि जेल चलान भएका हुन्।

व्यवसायीलाई धम्क्याउँदै रकम उठाउन खोजेको आरोपमा गृहमन्त्री रामबहादुर थापाका बादलका भाइ नरेश कुमार थापासहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई, मनबहादुर पुन मगर पक्राउ परेका थिए।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा गुन्डा नाइके बस्नेत पक्राउ परेपछि उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन्।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : ०६ बजे

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : ईश्वर पोखरेल

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिप मेला तालिममा ८ वटा पेसा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन  

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेसासँग सम्बन्धित

भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिनमा तानिएकी मञ्जुले भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले बस्न अस्वीकार गरेको गौतम

विद्यालय तहको अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने

कीर्तिपुर – सगरमाथा संवादका सहभागी अन्तरराष्ट्रिय विज्ञहरूले मौसम परिवर्तनबाट उत्पन्न