असोज ४ गते परराष्ट्रमन्त्री न्युयोर्क जाने | Khabarhub Khabarhub

असोज ४ गते परराष्ट्रमन्त्री न्युयोर्क जाने


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् । मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी श्रीमती सरस्वती ज्ञवाली रहने छिन् ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई र न्युयोर्कस्थित स्थायी नेपाली नियोगका अन्य अधिकारी सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार यही असोज ७ गते महासभामा ‘गरिबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशीताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ विषयमा छलफल हुने कार्यक्रम छ । मन्त्री ज्ञवालीले महासभालाई असोज १३ गते सम्बोधन गर्नेछन् ।

यसैगरी परराष्ट्रमन्त्रीले असोज ९ गते दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मन्त्रिपरिषद्को अनौपचारिक बैठकको अध्यक्षता गर्नेछन् । महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहँदा प्रतिनिधिमण्डलका नेता ज्ञवाली जलवायु परिवर्तनका कारण उत्पन्न असर र प्रभावसम्बन्धी शिखर बैठकका साथै दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्च र राष्ट्रसङ्घीय विकासका लागि लगानी संवाद विषयक बैठकहरूमा पनि सहभागी हुनेछन् ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवाली विविध विवाद समाधानका निम्ति गठित मन्त्रिस्तरीय संयन्त्र अर्थात् राष्ट्रसङ्घीय मध्यस्थकर्ता मैत्री समूह, शान्ति कार्यसम्बन्धी उच्चस्तरीय संवाद तथा महासभाका अध्यक्षको सभापतित्वमा आयोजना हुने बालअधिकार अभिसन्धि अनुमोदन भएको ३० औँ वार्षिकोत्सवको स्मरणात्मक उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम छ ।

असंलग्न आन्दोलन (नाम), जी ७७ र चीन, अति कम विकसित तथा भूपरिवेष्टित विकासोन्मुख देशको मन्त्रिस्तरीय बैठकलाई बेग्लाबेग्लै सम्बोधन गर्नेछन् भने एशियाली सहयोग संवाद (एसिडी) को बैठकमा पनि नेपालको प्रतिनिधित्व गर्नेछन् ।

महासभामा भाग लिने सिलसिलामा नै मन्त्री ज्ञवाली विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्तामा व्यस्त हुनेछन् भने संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

मन्त्री ज्ञवालीले अमेरिकामा रहेका प्रवासी नेपाली समुदायसँग असोज ९ गते न्युयोर्कमा र १२ गते इलोनोइ राज्यको राजधानी सिकागोमा संवादमूलक बौद्धिक लाभ सम्बन्धमा अन्तरक्रिया गर्नेछन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल असोज १४ गते न्युयोर्कबाट स्वदेशका लागि प्रस्थान गर्नेछ ।

यसैबीच मन्त्री ज्ञवालीले सबै नेपाली नागरिकलाई स्वास्थ्य बीमामा पहुँच वृद्धि गर्ने, त्यस निम्ति स्रोत र साधनको अभाव हटाउन नेपाल सरकारबाट भएका सत्प्रयासका साथै स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा देखिएका जोखिमबारे राष्ट्रसङ्घीय बैठकहरूमा नेपालका अभिमत प्रस्तुत गरिने बताए ।

जलवायु परिवर्तन, त्यसका असर र प्रभाव घटाउन नेपालका मतैक्यता, हरित गृह ग्यास उत्सर्जनमा शून्यप्रायः योगदान गरेको नेपालले झेल्नु परेका जलवायु परिवर्तनसम्बन्धी मुद्दामा पनि नेपालको धारणा प्रस्तुत हुनेछ भने सन् २०३० भित्रमा दिगो विकासका लक्ष्य हासिल गर्ने महाअभियानमा नेपालमात्र नभई अन्य अल्पविकसित, भूपरिवेष्टित तथा विकासशील देशमा लगानी र स्रोत साधनको परिपूर्तिमा अन्तरराष्ट्रिय समुदायको सहयोग एवम् साझेदारीको अपरिहार्यतामा जोड दिइने उनले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १० : २९ बजे

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ– बन्दिपुर गाउँपालिका-१ नाहालास्थित सडकमा बा.प्र ०६-००१ प ९२३३ नम्बरको मोटरसाइकललाई ग.२

सामाजिक सञ्जाल प्रतिबन्धकै बीच फिल्म ‘माइतीघर’को गीत सार्वजनिक गर्दै निर्माता रोहित

काठमाडौं – सरकारले फेसबुक र युट्युबलगायतका २६ सामाजिक सञ्जालमा प्रतिबन्ध

टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक !

काठमाडौं– नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजि इलेक्ट्रोनिक्सले प्रतिक्षित ‘ग्रेटनेस

दशैँमा घर जाने टिकट उधारोमा बुकिङ, सरकार र महासङ्घले खुलाउनै बाँकी

काठमाडौँ – नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँको घटस्थापना आउन (भदौ

२३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा नेपाललाई २ कांस्य

काठमाडौं– नेपालले २३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा २ कांस्य