हात्ती धपाउन ड्रोन साइरन « Khabarhub

हात्ती धपाउन ड्रोन साइरन


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा जङ्गली हात्ती धपाउनका लागि प्रयोग गरिएको ड्रोन साइरनको परीक्षण सफल भएको छ ।

बुधबार राति मेचीनगर–१४ मा हात्तीले किसानको खेतमा पसेर धान खाइरहेको बेला ड्रोन साइरनको प्रयोग गरी हात्तीलाई हातेमालो सामुदायिक वनतिर खेदाइएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

धान पाकेसँगै दैनिक गाउँ पसेका हात्तीलाई लेखट्न समस्या भइरहेको अवस्थामा ड्रोन साइरनको प्रयोग प्रभावकारी हुने देखिएको उनले बताए । सो साइरन भद्रपुर नगरपालिका–१ का युवा वैज्ञानिक अनिल प्रधानले बनाएका हुन् ।

सो ड्रोन साइरनबाट हात्ती लेखट्न सजिलो भएसँगै यसबारे स्थानीय तहमा जानकारी दिन थालिएको छ । भद्रपुर, विर्तामोड, मेचीनगर नगरपालिकालगायत क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेपछि प्रधानले हात्ती धपाउन प्रयोग गर्न सकिने ड्रोन साइरन बनाइएको हो ।

ड्रोनले सिंहको गर्जन र मौरी भुनभुनाएको जस्तो चर्को आवाज निकाल्ने हुँदा यो सुनेर हात्ती भाग्छ । हात्ती धपाउन सिंहको आवाज सुनाउने ड्रोनको प्रयोग प्रभावकारी देखिए पनि जिल्ला प्रशासन कार्यालयबाट कसैले अनुमति नलिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

सम्बन्धित व्यक्ति वा संस्थाले जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिई तोकेको मापदण्डभित्र रहेर मात्र ड्रोन प्रयोग गर्न पाउने व्यवस्था छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : ०२ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा