३२ बुँदे घोषणापत्र जारी गर्दै महिला सम्मेलन सम्पन्न « Khabarhub

३२ बुँदे घोषणापत्र जारी गर्दै महिला सम्मेलन सम्पन्न


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३२ बुँदे घोषणा पत्र जारी गर्दै काठमाडौंमा दुई दिनसम्म चलेको विश्व महिला सम्मेलनसम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।

सन् २०२० मा चीनमा हुने विश्व महिला सम्मेलनमा नेपालमा महिला अधिकारको अवस्थाका सम्बन्धमा प्रस्तुत गर्ने प्रतिवेदनको तयारीका लागि आयोजित उक्त गोष्ठीले अधिकार संविधान र कानुनमा सीमित भएको निश्कर्ष निकालेको छ । सम्मेलनमा सात प्रदेशबाटै प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

गोष्ठीले महिलालाई स्वतन्त्र हैसियतबाट नागरिकता प्राप्त गर्ने, प्रदान गर्ने, कायम राख्ने र त्याग्ने अधिकार दिन माग गरेको छ ।राजनीतिक, सामाजिक, आर्थिक तथा अन्य सार्वजनिक जीवनमा निर्णय प्रक्रियाका सबै चरणमा नेतृत्व स्तरमा महिलाको पूर्ण प्रभावकारी साझेदारीको प्रावधान सुनिश्चित गर्न समेत बैठकले माग गरेको छ ।

दुई दिने गोष्ठीले तयार पारेको घोषणपत्रलाई सन् २०२० मा चीनमा हुने विश्व महिला सम्मेलनमा प्रस्तुत गर्ने आयोजक संस्था महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले जानकारी दिए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरे सरकार महिलाका अधिकारका पक्षमा बनेका कानुन कार्यान्वयनमा सचेत रहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले श्रमान झोला बोकेर अफिस जाने श्रीमती भान्सामै सीमित रहने परिपाटीको अन्त्य हुनुपर्ने बताए । उनले समाजमा महिलामाथि हुने भेदभाव रोक्न सामाजिक चिन्तनमै परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । उनले संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनमा ढिलाइ भएकोमा असन्तुष्टि जनाए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १० : ३० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर