यी हुन महिलामा हुनुपर्ने ३२ लक्षण, तपाईंमा के के छन् ? « Khabarhub

यी हुन महिलामा हुनुपर्ने ३२ लक्षण, तपाईंमा के के छन् ?


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर-बधुको चिना मिलाउँदा महिलामा हुने लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती सर्वश्रेष्ठ मानिन्छन् । धर्मशास्त्रमा ‘३२ गुणले सम्पन्न’ नारीका बारे उल्लेख गरिएको हुन्छ  । महिलनामा हुनु पर्ने ३२ लक्षणहरु यी हुन् –

१) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।

२) हातका औँला लामा–लामा हुनु ।

३) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।

५) शरीरमा विभिन्न सात सुगन्ध हुनु ।

६) हरिणका जस्ता फिला हुनु ।

७) गुप्ताङगहरु गुप्त रहनु ।

८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।

९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१०) काँध पुष्ट, चौडा र गोलो हुनु ।

११) पाखुरा राम्ररी फर्कने हुनु ।

१२) पाखुरा लामा हुनु ।

१३) सम्पुर्ण शरीर तेजोमय हुनु ।

१४) शंख समान घाँटी हुनु ।

१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु ।

१६) ३२ वटा दाँत हुनु ।

१७) चम्किला र टमक्क जोडिएका दाँत हुनु ।

१८) समान मिलेका दाँत हुनु ।

१९) बंगारा स्वच्छ र सुन्दर हुनु ।

२०) जिब्रो लामो हुनु ।

२१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२) पातलो (सुरिलो) स्वर हुनु ।

२३) बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।

२४) कुरा (बाचा)मा अडिक रहनु ।

२५) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।

२६) मिलेको कपाल हुनु ।

२७) अल्छी नहुनु ।

२८) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।

३०) चमक्क चम्किने केश हुनु ।

३१) स्वभाव लज्जालु हुनु ।

३२) दुढ आत्मविश्वास हुनु ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ९ : २८ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये