ट्रम्पविरुद्धको महाभियोग प्रकरणमा संसदमा मत विभाजित « Khabarhub

ट्रम्पविरुद्धको महाभियोग प्रकरणमा संसदमा मत विभाजित


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउने कि नलगाउने भन्नेबारे अमेरिकी मत विभाजित भएको छ ।

अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन र डेमोक्र्याटहरू महाभियोगका विषयमा विभाजित भएका हुन् ।

तल्लो सदनबाट महाभियोगमा पर्ने डोनाल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुने ठानिएको छ। रिपब्लिकन तर्फबाट राष्ट्रपति रहेका ट्रम्पविरुद्धको दुईवटा अभियोगहरू स्वीकृत गर्ने तयारीमा डेमोक्र्याटिक सांसदहरू रहेको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ। तर माथिल्लो सदनमा उनकै पार्टीका सदस्यहरूको बाहुल्य रहेकोले उनी पदबाट हट्ने सम्भावना भने देखिँदैन।

राष्ट्रपतिले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई उनकै शब्दमा ‘कु’को प्रयास भनेका छन्। तल्लो सदनकी सभामुख तथा डेमोक्र्याटिक वरिष्ठ नेता न्यान्सी पेलोसीलाई महाभियोगबारे मतदानको पूर्वसन्ध्यामा ६ पृष्ठ लामो पत्र लेखेका थिए।

त्यसमा ट्रम्पले आफूलाई १७औं शताब्दीका जादुटुना गर्नेलाई भन्दा पनि नराम्रो व्यवहार गरिएको बताएका थिए।

यसैबीच, विदेशमन्त्री माइक पोम्पेओले सिनेटमा हुने सुनुवाइमा ‘यदि कानूनले चाहेमा र उपयुक्त भए’ आफू ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी विषयमा बयान दिन तयार रहेको पत्रकारहरूलाई बताएका छन्।

स्थानीय समय अनुसार बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए।

उनीहरूले त्यसपछि महाभियोगका दुवै आरोपमा मतदान गर्ने ठानिएको छ। आफ्नो धारणा राख्दै पेलोसीले राष्ट्रपतिको लापरवाहीपूर्ण कदमले महाभियोगको प्रक्रियामा पुर्‍याउनु दु:खदायी भएको बताइन्।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : ३६ बजे

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल