ट्रम्पविरुद्धको महाभियोग प्रकरणमा संसदमा मत विभाजित | Khabarhub Khabarhub

ट्रम्पविरुद्धको महाभियोग प्रकरणमा संसदमा मत विभाजित


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउने कि नलगाउने भन्नेबारे अमेरिकी मत विभाजित भएको छ ।

अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन र डेमोक्र्याटहरू महाभियोगका विषयमा विभाजित भएका हुन् ।

तल्लो सदनबाट महाभियोगमा पर्ने डोनाल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुने ठानिएको छ। रिपब्लिकन तर्फबाट राष्ट्रपति रहेका ट्रम्पविरुद्धको दुईवटा अभियोगहरू स्वीकृत गर्ने तयारीमा डेमोक्र्याटिक सांसदहरू रहेको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ। तर माथिल्लो सदनमा उनकै पार्टीका सदस्यहरूको बाहुल्य रहेकोले उनी पदबाट हट्ने सम्भावना भने देखिँदैन।

राष्ट्रपतिले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई उनकै शब्दमा ‘कु’को प्रयास भनेका छन्। तल्लो सदनकी सभामुख तथा डेमोक्र्याटिक वरिष्ठ नेता न्यान्सी पेलोसीलाई महाभियोगबारे मतदानको पूर्वसन्ध्यामा ६ पृष्ठ लामो पत्र लेखेका थिए।

त्यसमा ट्रम्पले आफूलाई १७औं शताब्दीका जादुटुना गर्नेलाई भन्दा पनि नराम्रो व्यवहार गरिएको बताएका थिए।

यसैबीच, विदेशमन्त्री माइक पोम्पेओले सिनेटमा हुने सुनुवाइमा ‘यदि कानूनले चाहेमा र उपयुक्त भए’ आफू ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी विषयमा बयान दिन तयार रहेको पत्रकारहरूलाई बताएका छन्।

स्थानीय समय अनुसार बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए।

उनीहरूले त्यसपछि महाभियोगका दुवै आरोपमा मतदान गर्ने ठानिएको छ। आफ्नो धारणा राख्दै पेलोसीले राष्ट्रपतिको लापरवाहीपूर्ण कदमले महाभियोगको प्रक्रियामा पुर्‍याउनु दु:खदायी भएको बताइन्।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : ३६ बजे

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते, एक गम्भीर

किमाथांका– यहाँको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना

अपाङ्गता भएका महिलाको क्षेत्रमा कानून सुधार गर्न कानून व्यवसायीकै माग

काठमाडौं – अपाङ्गता भएका महिला र किशोरीका सन्दर्भमा नेपालको संविधान