नेकपा बैठकः सदस्यहरुको धारणामा शनिबार अध्यक्षले जवाफ दिने « Khabarhub

नेकपा बैठकः सदस्यहरुको धारणामा शनिबार अध्यक्षले जवाफ दिने


३ पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले बोल्ने क्रम अन्तिम चरणमा पुगेको छ । बैठकको पाचौं दिन बिहीवार १० जना स्थायी कमिटी सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

बिहीबारको बैठकमा किरण गुरुङ, चक्रपाणी खनाल,सुवास नेम्वाङ,भीम आचार्य, विष्णु रिमाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा,माधवकुमार नेपाल र झलनाथ खनालले प्रतिवेदनाथि आफ्नो विचार राखेका हुन् ।

बैठकमा स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले नेताहरु गुट–उपगुट लागेको उल्लेख गर्दै चतावनीयुक्त लिखित प्रतिवेदन पेश गरे । उनले पार्टीभित्र देखिएको गुट उपगुटका सन्दर्भमा नेताहरुलाई हावामा घुस्सा नचलाउन आग्रह गरेका थिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी मनमौजी ढंगले चलेको भन्दै असन्तुष्टि पोखे ।

बैठकमा विशेष समय लिएर बोलेका भीम रावलले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)सँग गठबन्धन गरिएको भन्दै आपत्ति जनाएका थिए ।

बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरूले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा थप सुझावहरू दिएका छन् ।

स्थायी समितिका सदस्यहरुमध्ये अव महासचिव विष्णु पौडेलले धारणा राख्न बाँकी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए ।

महासचिव पौडेलले शनिबार बस्ने बैठकमा आफ्नो विचार राख्ने र त्यसपछि अध्यक्षले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएर बैठक समापन गर्ने तयारी छ ।

राजनीतिक प्रतिवेदन तथा विधान संशोधनबारे उठेका प्रश्नको जवाफ र संशोधन गर्नुपर्ने बुँदाका बारेमा अर्का अध्यक्ष केपी ओलीसँग छलफल गर्नुपर्ने भएको हुँदा बैठक शनिबार बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  ६ : ५० बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध