निर्मला हत्या प्रकरण : बयानका लागि पूर्व एसपी विष्ट अदालतमा « Khabarhub

निर्मला हत्या प्रकरण : बयानका लागि पूर्व एसपी विष्ट अदालतमा


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै बर्खास्तीमा परेका नेपाल प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् ।

विष्ट मंगलवार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धनमा गम्भीर लापरबाही गरेको भन्दै पीडित परिवारले विष्टविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा बयान दिनका लागि विष्ट मंगलवार अदालतमा उपस्थित भएका हुन् । पीडित परिवारले विष्टसहित नेपाल प्रहरीका ८ जना बर्खास्त र निलम्बित कर्मचारीवरुद्ध मुद्दा दायर गरेको थियो ।

अन्य ६ जना निलम्बित प्रहरी कर्मचारीहरु धरौटी बुझाएर रिहा भइसकेका छन् भने विष्ट मंगलवार अदालतमा हाजिर भएका हुन् ।

यस्तै अदालतले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन डिएसपी (हाल निलम्बित) अंगुर जिसीलाई पनि बयानका लागि उपस्थित हुन सूचना जारी गरिसकेको छ । जिसी भने उपस्थित भएका छैनन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ११ : ४६ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित